एकीकृत समाजवादी पर्वत कमिटी घोषणा

पर्वतमा बिहीबार एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटी घोषणा गरिएको छ ।
तत्कालीन नेकपा एमाले प्रदेश कमिटी सदस्य मोती पौडेलको अध्यक्षतामा ७५ सदस्यीय कमिटी सार्वजनिक गरिएको हो । कमिटीमा अरु अधिकांश नयाँ अनुहार छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य चूडमणि जंगलीले एकीकृत समाजवादीको नेतृत्वमा देशकै ठूलो वामपन्थी दल बनाइने बताए ।