बागलुङको गलकोटमा बस दुर्घटना ११ घाइते


बागलुङ जिल्लाको गलकोटमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। काठमाडौंबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको बस सोमबार बिहान मध्यपहाडी लोकमार्गको गलकोट नगरपालिका १ चौराहमा दुर्घटना हुँदा बसमा सवार २२ जना यात्रु मध्ये ११ जना यात्रु घाइते भएका हुन्। १० जना भने सकुशल छन् ।

दुर्घटनामा परी गुल्मीको मुसिकोट नगरपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, बागलुङ ढोरपाटन नगरपालिका शेराका वर्ष ४२ की पवित्रा खत्री, गल्कोट नगरपालिका ३ गणेशचोकका वर्ष ७३ को हरीलाल खत्री, नवलपारासी सुनौल नगरपालिका ३ आसामबासीका वर्ष ४८ की तारा पुन, गुल्मी मुसिकोट नगरपालिका २ का वर्ष ३३ को राजकुमार कुवर, सोही स्थानका वर्ष ३० की तारा थापा घाइते भएका छन्।

यसैगरी, बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ का वर्ष १७ को विष्णु थापा, भारत घर भइ हाल गुल्मी बस्ने वर्ष १९ को अनिल कुँवर, वर्ष २५ का जिलाजित शर्मा, दिलदिप साहनी, बागलुङ वडिगाड गाउँपालिका ६ सिमलचौरका वर्ष ३९ का टेक बहादुर राना छन्।

घाइते सबैलाई धौलागिरी अस्पताल बागलुङ ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए। बसको ब्रेक फेल भइ सडकको कुनामा ठोक्किएको प्रत्यक्षदर्शिले बताएका छन् । बसका चालक चित्रबहादुर खड्कालाई प्रहरी नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको हवारिले बताए ।