पत्रकार धम्क्याउनेलाई कारवाही गर्न माग

नेपाल पत्रकार महासंघ गण्डकीले पत्रकार धम्क्याउनेलाई कारवाही गर्न माग गरेको छ । महासंघ प्रदेश समिति महासचिव गोबिन्द सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्यद्वय गण्डक न्युज डटकमका रञ्जन अधिकारी र पोखरा न्युज डटकमका सम्पादक गणेश बराल (ढाकामोहन)लाई धम्क्याउने श्रीकृष्ण श्रेष्ठलाई कारवाही गर्न माग गरिएको छ ।

नवलपरासी घर भई पोखरा ११ बस्ने श्रेष्ठले विभिन्न माध्यमबाट पत्रकार अधिकारी र बराललाई दिएको धम्कीको सरोकारवालाहरुले भत्र्सना गरेका छन् । पत्रकारका संघ, संगठनले प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी प्रक्रिया जान सकिने प्रावधान हुँदाहुँदै यस किसिमले धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको हाम्रो जनाएका छन् ।

उनीहरुले घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग मागसमेत गरेका छन् ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले विज्ञप्ति निकालेर गैरकानुनी काम नगर्न सचेत गराएकी छन् । यस्तै, प्रेस संगठन कास्की संयोजक सन्देश श्रेष्ठले पनि विज्ञप्ति निकालेर धम्कीलाई प्रेस स्वतन्त्रामाथिको आक्रमण भनेका छन् । उनले भनेका छन्, ‘अवैधानिक रुपमा सञ्चालित Reporterseven.com अनलाईनले गण्डक न्यूज डटकम र पोखरा न्यूज डटकमबिरुद्ध अनर्गल प्रचार गरेकोप्रति पनि संगठन खेद व्यक्त गर्दछ ।’