हर्पन खोलाबीचमा पुरुषको शव

पोखरा २३ को हर्पन खोलामा एक पुरुष मृत फेला परेका छन् ।

उनी सोमबार राति साढे १० बजे साथीहरुसँग नयाँवस्तीको यु एन्ड यु घले रेस्टुरेन्ट गएका थिए । ४४ वर्षीय नारायणप्रसाद अधिकारी रेस्टुरेन्टबाट घर फर्कने क्रममा हराएका थिए ।
प्रहरीले ककरे स्थित हर्पन खोलाको बीचमा पानीमा तैरिएको अवस्थामा उनको शव फेला पारेको छ । प्रहरी उपरीक्षक विनोद सिलवालले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाए ।