निरन्तरको वर्षातका कारण बागलुङ बजारमा बाढी पसेको छ । बागलुङ बजारका विभिन्न चोकका नाली व्यवस्थित गर्न नसकेका कारण बागलुङ बजार जलमग्न भएको हो ।
बागलुङ नगरपालिका वाड नम्वर ३ रातामाटादेखि वग्ने चौलानिखोलामा आएको भेल बागलुङ बजारमा छिरेपछी बजार जलमग्न भएको छ । निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम प्रभावकारी नहुदा पनि समस्या थपिएको हो ।
सोमबार रातिदेखि घर जोखिममा परेको पटक पटक नगरपालिकालाई जानकारी गराउदासमेत व्यवास्ता गरेको स्थानीय धनवहादुर कार्कीले बताए । अहिले बागलुङ बजारको मुख्य क्षेत्र शिवधाराचोक, लालीगुराँस चोक, पुरानो गोदाम चोक डुवानमा परेका छन् ।
वर्षाको कारण बागलुङ नगरपालिका वडा नम्वर २,३ र ४ नम्वरको बजार क्षेत्र प्रभावित भएको छ । सडक डुबान हुँदा एक दर्जनभन्दा बढी घर तथा पसलभित्र पानी पसेर क्षती पुर्याएको छ ।
नगरपालिकाले नालि व्यवस्थापनका लागि वर्षेनी बजेट विनियोजन गर्दै आए पनि सडक नाली अझै व्यवस्थित हुन सकेको छैन । नगरपालिकाको नेतृत्वको उदासीनता कारण यस्तो समस्या आएको बागलुङ नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष धुर्वबहादुर केसीले बताए ।
आफुले पटक पटक नगर कार्यापालिकाको बैठकमा नालि सरसफाइको कुरा उठाए पनि नगरपालिकाको सिङ्गो प्रशासनको लाचारीपनका कारण नागरिकले डुवानको सास्ती खेप्न बाध्य भएको केसिले गुनासो गरे ।
बजार क्षेत्रमा अव्यवस्थित रुपमा निर्माणधीन घरले नाली व्बुझ्ने, नालीमा निर्माण सामाग्री राख्दा नाली थुनिएर झनै समस्या आएको छ । स्थानीयले नालीमा जथाभावी फोहोर फाल्ने, निर्माण सामाग्री राख्ने जस्ता कार्य गर्दा समेत नगरपालिकाले नियमन नगरेको कारण समस्या सृजना भएको छ ।
अहिले बागलुङ बजारका अधिकासं सडक जलमग्न भएको छ भने हालैमात्र निर्माण गरिएको कालोेपत्रे सडक समेत उक्किन थालेको छ ।




