गण्डकी सेरोफेरो

स्याङजाको पाँच पालिकाको मत परिणाम: तीन गाँउपालिकामा एमाले, दुई नगरपालिका काँग्रेस विजयी

स्याङजामा तीन गाँउपालिकामा नेकपा एमालेले आफनो विरासतलाई जोगाईराख्दा गल्याङ नगरपालिकालाई भने काँग्रेसको भागमा सुम्पिएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा जित हासिल गरेको एमालेले गल्याङ नगरपालिकालाई बलियो पकडबाट गुमाउन पुगेको छ । गल्याङ नगरपालिका नेपाली काँग्रेसका उम्मेदवारले विजयी हासिल गर्दै एमालेलेको प्रभुत्वलाई तोडिदिएका छन् । नेकपा एमालेको बलियो नगर मानिएको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख र उपप्रमुखमा बिजयी हासिल गर्दै इतिहास कोरेको छ । नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराईले ७८९… पुरा पढौ

एमाले जिल्ला अध्यक्ष पारस मेयरमा पराजित

माओवादी राजनीति हुँदै एमाले स्याङ्जाको अध्यक्ष बनेका सूर्यप्रसाद गैरे‘पारस’ले चुनाव हारेका छन्। स्याङ्जाको गल्याङ नगरपालिकाबाट मेयरको प्रत्यासी रहेका उनी कांग्रेसका गुरुप्रसाद भट्टराईसँग ६९९ मतले पराजित भएका हुन्। भट्टराईले ९ हजार ६२१ मत ल्याउँदा पारसले ८ हजार ९२२ मत प्राप्त गरे। पारस आफ्नै वडा नम्बर ९ मा पनि आफ्ना अध्यक्षका उम्मेदवार जिताउन असफल रहे। सो वडामा कांग्रेसका नामदेव खनाल विजयी बने। २०७४ सालको चुनावमा गल्याङबाट एमालेका भूपराज अधिकारीले अत्यधिक मतले विजयी… पुरा पढौ

स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्षमा घनश्याम दोहोरिए

स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार घनश्याम सुवेदी निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा पनि विजयी भएका सुवेदी ३ हजार ८३६ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बरालले ३ हजार ७०४ मत पाए । गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै देउकुमारी गुरुङ विजयी भएकी छन् । उनले ३ हजार ९७८ मत ल्याउँदा प्रत्यासी माओवादी केन्द्रका शिवप्रसाद पराजुलीले २ हजार ३७९… पुरा पढौ

नेपाल भलिबल संघका उपाध्यक्ष गुरुङ वडाध्यक्षमा पराजित

नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं ५ को वडाध्यक्षमा पराजित भएका छन् । नेकपा एमालेबाट वडाध्यक्षमा प्रतिस्पर्धा गरेको गुरुङ नेपाली काँग्रेसका उम्मेदवार नारायण पौडेलसँग पराजित भएका हुन् । गुरुङले ५५७ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार पौडेलले ५ सय ७६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । कास्की जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका गुरुङ आफुलाई पार्टीभित्रैबाट अन्तरघात… पुरा पढौ

स्याङ्जाको हरिनास अध्यक्षमा दोहोरिए खिम

स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमनारायण मानन्धर विजयी भएका छन् । उनले ४ हजार ७६९ मत पाए । मानन्धरले कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतअन्तरले हराएका हुन् । कांग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मत ल्याएका छन् । उपाध्यक्षमा नेकपा एमालेकी ईन्द्रकुमारी राना थापा विजयी भएकी छन् । उनले ४ हजार ७ सय ४० मत ल्याएकी छन् । कांग्रेसकी मिठु लम्सालले ४ हजार ७ सय १६ मत ल्याएर दोस्रो… पुरा पढौ

धनराज भन्दा कृष्ण थापा १ सय ५ मतल पछि

पोखरा, १ जेठपोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले १ सय ५ मतको अग्रता लिएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ को ३ हजार ८ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार ५ सय ८५ मत प्राप्त गरेका छन् । एमाले कृष्ण थापाले १ हजार ४ सय ८० मत प्राप्त गरेका छन् । राप्रपाका शंकर… पुरा पढौ

पोखरा २३ र २४ मा गठबन्धनको अग्रता

पोखरा, १ जेठपोखरा २३ र २४ मा २ सय मत गन्दा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । यसअघिको चुनावमा २३ मा नेपाली कांग्रेस र २४ मा एमालेले जितेका थिए । २३ मा ५ सय मत गन्दा मेयरमा धनराज आचार्यले २२८ र कृष्ण थापाले २१० मत पाएका छन् । आचार्य सत्ता गठबन्धन र थापा एमाले उम्मदेवार हुन् । यहाँ उपमेयरमा भने एमाले उम्मेदवार मञ्जु गुरुङले बढी मत पाएकी छन् । मञ्जुले… पुरा पढौ

३ हजार मत गणना गर्दा गठबन्धनकै अग्रता

पोखरा महानगरपालिकाको ३ हजार मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरे भने नेकपा एमालेका कृष्ण थापाले १ हजार ४० मत प्राप्त गरे । राप्रपाका शंकर खरालले १ सय ८४ मत ल्याए भने स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ६५ मत प्राप्त गरे । यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता रहेको छ । गठबन्धनका कोपिला रानाभाटले १ हजार २… पुरा पढौ

ताराखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विक निर्वाचित

ताराखोला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका धनबहादुर विक हिमाल निर्वाचित भएका छन्। आईतबार बिहान सम्पन्न मतगणनामा पाँच दलीय गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्ष बनेका उनले कुल २२८५ मत प्राप्त गर्दै विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई १९५ मतले पछि पारेर उनी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।   माओवादी केन्द्रबाट गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित प्रकाश घर्तीले यस पटक पनि उम्मेदवार बन्ने चाहाना राख्दा पार्टी टिकट नदिएपछि स्वतन्त्र… पुरा पढौ

बाबुरामको वडामा जसपाको जित

पालुङटार नगरपालिकाको वडा नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा)को प्यानल नै विजयी भएको छ । उक्त वडामा खसेको कुल १ हजार ९ सय १० मतमध्ये ६ सय ४८ मत ल्याउँदै जसपाका उम्मेदवार कृष्णबहादुर परियार विजयी भएका छन् । उनका प्रत्यासी नेपाली कांग्रेसका रेशमबहादुर थापाले ५ सय ८ मत पाए भने माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्र श्रेष्ठले ३ सय ७० मत ल्याएका छन् । यो जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं