गण्डकी सेरोफेरो

बाबुरामको वडामा जसपाको जित

पालुङटार नगरपालिकाको वडा नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा)को प्यानल नै विजयी भएको छ । उक्त वडामा खसेको कुल १ हजार ९ सय १० मतमध्ये ६ सय ४८ मत ल्याउँदै जसपाका उम्मेदवार कृष्णबहादुर परियार विजयी भएका छन् । उनका प्रत्यासी नेपाली कांग्रेसका रेशमबहादुर थापाले ५ सय ८ मत पाए भने माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्र श्रेष्ठले ३ सय ७० मत ल्याएका छन् । यो जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम… पुरा पढौ

पत्रकार महासंघ गण्डकीका कोषाध्यक्ष न्यौपाने माथि कुटपिट

समाचार संकलनका लागि शहिद लखन गाउँपालिका १ स्थित बक्रेश्वरी माध्यमिक विद्यालयको मतदान केन्द्र पुग्नुभएका नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका कोषाध्यक्ष राजेन्द्र न्यौपाने माथि कुटपिट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष समेत रहेका न्यौपाने माथि शुक्रबार साँझ ४ : ५० बजे शहिद लखन गाउँपालिका वडा नम्बर १का वडाध्यक्ष दीपबहादुर केसी र उनका समर्थकले मतदान स्थलको फोटो खिचेको विषयलाई लिएर निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते पत्रकार… पुरा पढौ

शनिबार र आइतबार स्कलु बन्द गर्न निर्देशन

सरकारले हरेक साता शनिबार र आइतबार विद्यालय बन्द गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि राजपत्रमा सूचना प्रकाशित भएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मातहत निकायलाई दुई दिन विद्यालय बन्द गर्न निर्देशन दिएको हो । देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र पठाएर केन्द्रले १ जेठदेखि लागू हुने गरी शनिवार र आइतबार सार्वजनिक बिदा… पुरा पढौ

पर्यटन र कृषिबाटै पुम्दीभुम्दीको समृद्धिः हिमलाल

पोखराको मुख्य बजारदेखि नजिक रहेर पनि विकासमा पछि परेको पोखरा २२ पुम्दी भुम्दीमा पर्यटन र कृषिको उतिकै सम्भावना रहेको छ । आज भन्दा करिब ५ दशक अघि सिद्धार्थ राजमार्ग जोडिएको पुम्दी भुम्दीमा दृर्ण इच्छा शक्ति भएको व्यक्ति नभएको कारण अझै पनि विकासमा पछि परेको स्थानियको गुनासो रहेको छ । लामो समय देखि सामाजिक क्षेत्रमा लाग्नु भएको व्यक्ति जसलाई मुख्यतः ४ राजनीतिक दलले समेत काध थापेर पोखरा २२ को वडा अध्यक्षमा… पुरा पढौ

मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाइने

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरूले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए । मंगलवार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन् । मतदानका लागि परिचयपत्र अनिवार्य हो कि नागरिकताले पनि पाउने भन्ने प्रश्नमा उनले नागरिकता प्राप्त गरेका सबै नागरिकले मतदान गर्ने… पुरा पढौ

पुम्दीभुम्दीको बाँदरको समस्या समाधान गर्ने प्रतिवद्धता

पोखरा २२ पुम्दीभुम्दीमा बादर नियन्त्रणका लागि विषेश पहल गर्ने गठबन्धनबाट वडाध्यक्षका प्रत्यासी हिमलाल बरालले बताएका छन् । घरदैलोमा मतदाताका समस्या सुनेपछि उनले बादर नियन्त्रणमा बिषेश पहल गर्ने बताएका हुन् । स्वतन्त्र उम्मेदवार बराल भूईकटहर चिन्ह लिएर मैदानमा छन् । आफूले जित हाँसिल गरे बादर नियन्त्रणका लागि बिउ पुँजीको रुपमा क्षतिपूर्तिको व्यवस्था, वैकल्पिक खेती वाली तथा कृषि बिमा लगायतका कार्यक्रम ल्याउने आश्वासन दिए । आइतबार सिमलटारी, साइस्वाँरा, फलेटे लगायतका क्षेत्रमा घर… पुरा पढौ

मतदान केन्द्र भएका स्कुल ६ दिन बिदा

स्थानीय तहको चुनावमा ३ दिन विद्यालय बिदा हुने भएको छ । मतदान केन्द्र रहेका विद्यालय २८ गतेदेखि ३० गतेसम्म ३ दिन बन्द हुने भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकाले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन आग्रह गरेको छ । सो अवधिमा विद्यार्थीलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएसँगै… पुरा पढौ

मादीलाई नमूना पालिका बनाउँछौं: लालबहादुर गुरुङ

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा कास्कीको मादी गाउँपालिकामा सत्तारुढ दलहरुबीचको गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का युवा नेता लालबहादुर गुरुङ उपाध्यक्षका उम्मेदवार हुनुहुन्छ । उहाँ मादी–७ को निर्वतमान वडाध्यक्ष र गाउँपालिकाको प्रवक्तासमेत थिए । नेकपा(माओवादी)केन्द्र गण्डकी प्रदेश सदस्य समेत रहनुभएका गुरुङ गठबन्धनको साझा उम्मेदवारका रुपमा यति बेला चुनावी मैदानमा होमिएनुभएको छ । विद्यार्थीकालमा अखिल (क्रान्तिकारी)मा आवद्ध भएर राजनीति सुरु गर्नुभएका गुरुङले स्थानीय तह गठनअघि माओवादीबाट जिल्ला विकास समितिमा संयन्त्रको सदस्य भएर समेत… पुरा पढौ

अरुले धारो दिए, हामी पानी दिन्छौँ: गठबन्धन

पोखरा २८ का घर घरमा धारा छन् तर खानेपानी छैन । यस्तो अवस्था यहाँमात्र होइन, महानगरका धेरै वडामा छ । सत्ता गठबन्धनका उम्मेदवारले बिहीबार पोखरा २८, ३१ र ११ का नागरिकबाट खानेपानीसँगै सडक, स्वास्थ्य, सेवा प्रवाह आदिमा भएका समस्या सुने । पोखरा महानगरको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले महानगरमा खानेपानीको समस्या रहेको उल्लेख गर्दै आफूहरुले जितेमा यही कार्यकालभित्रै समस्या समाधान गर्ने योजना सुनाए । उनले भने, ‘भइरहेका योजना सुधार, नयाँ… पुरा पढौ

पुतलीबजार पुग्यो युआरएल

गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले स्याङ्जाको पुतलीबजारमा सेवा विस्तार गरेको छ । यसअघि स्याङ्जाकै बालिङमा युआरएलको शाखा खुलिसकेको छ । स्याङ्जा बजार र आसपासका सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन शुक्रबारबाट औपचारिक रुपमा सातौं शाखा सञ्चालन हुने युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । करिब १ करोड लगानीमा स्थापना भएको प्रयोगशालाबाट भिटामिन, क्यान्सर, थाइराइड, बाँझोपन, मृर्गौला, कलेजो, मुटु, हाडजोर्नी, बाथ, नशा, एलर्जी सहितका जाँच हुने छन्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं