गण्डकी सेरोफेरो

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल

पोखरामा हुने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका सभ्य र भव्यरुपमा सञ्चालन गर्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चासो दिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ २२ देखि २८ गतेसम्म प्रतियोगिता हुँदै छ । प्रतियोगिताको तयारी र यसको व्यवस्थापनका लागि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार उच्चस्तरीय बैठक बोलाए । प्रतियोगितालाई व्यवस्थापन गर्न र प्रदेशको प्रतिनिधित्व गर्दै खेलमा सहभागी हुने खेलाडीको छनोटबारे छलफल गर्न उनले बैठक डाकेका हुन् । मुख्यमन्त्री… पुरा पढौ

गठबन्धनको उद्घोषः पोखरामा १ समूह, १ उत्पादन

परम्परागत कृषि प्रणाली हराउँदै छ, व्यवसायिक कृषि बढेको छैन । ठूला उद्योग, व्यवसाय खासै थपिएका छैनन् । विस्तारै हाम्रो परिनिर्भरताको ग्राफ उकालिँदै छ । यस्तो अवस्थालाई चिर्न पोखरा महानगरमा सत्ता गठबन्धनका उम्मेदवारले अनेक योजनाअघि सारेका छन् । आमा समूहलाई १ समूह, १ उत्पादन कार्यक्रममा समेट्ने योजना छ । गठबन्धनमा एकीकृत समाजवादीबाट मेयर उम्मेदवार बनेका धनराज आचार्यले यस्ता समूहलाई कुनै उद्योग खोल्न महानगरले २० प्रतिशत अनुदान दिने नीति लिइने उल्लेख गरे… पुरा पढौ

विकासको कामका निर्णय बन्द कोठामा हुँदैन :धनराज आचार्य

पोखरा मेयरका उम्मेदवार धनराज आचार्यले विकासका लागि हुने कुनै पनि काम बन्द कोठाबाट निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पोखरा महानगरको वडा ३३ मा ल्यान्डफिल साइड र औद्योगिक क्षेत्र बनाउने छलफल हुँदा स्थानियसँग समन्वय नहुन दुःखद रहेको बताए । उनले उक्त कुरामा आफू स्थानीय जनतासंग छलफल गरेर न्यायपुर्ण संगतमा अघि बढ्ने बताए । उनले राजमार्ग देखि वडा २ देखि ३ मिनेटको दुरीमा रहे पनि वडालाई जोड्ने पुल नहुदा… पुरा पढौ

उपमेयर उम्मेदवार रानाभाट भन्छिन् : एमालेका कारण पोखराको ग्रामिण भेग पछाडी पर्यो

गठबन्धनबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार नेपाली काँग्रेसकी नेतृ कोपिला रानाभाटले एमालेका कारण पोखराको ग्रामिण क्षेत्र पछाडी परेको बताएकी छन् । उनले विकासको लहर ल्याउन गठबन्धनलाई जिताउन समेत आग्रह गरेकी छिन् । हिजोको सरकारले वडामा केन्द्रित गरेर ल्याएका कुनै पनि कार्यक्रम प्रभावकारी नभएको बताउँदै गठबन्धनले नै जनताको आकांक्षा पुरा गर्ने रानाभाटले बताइन् । उनले आफुलाई कुनै लोभ र लालच नभएको र अब महानगरबासीको सपना पूरा गर्ने प्रतिबद्धताका साथ आफु चुनावी… पुरा पढौ

काम नगर्ने ठेकेदारलाई घोक्रेठ्याक लाउँछौंः महेन्द्र गुरुङ

नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उमेद्वार शिवबहादुर गुरुङ (महेन्द्र) ले चुनाव जितेमा विकास निर्माणका काम अलपत्र पार्नेलाई ‘तह लगाउने’ चेतावनी दिएका छन् । उनले आचारसंहिता विपरीत उत्तेजक र धम्कीपूर्ण चेतावनी दिएका हुन् । सोमबार मादी १२ मा आयोजित चुनावी सभामा बोल्दै उनले कतिपय योजना ठेकेदारले अलपत्र बनाएको तर आफ्नो नेतृत्वले चुनाव जिते काम नगर्ने ठेकेदारलाई मादी छिर्नै नदिने बताए । कांग्रेसका नेता ठेकेदारको कम्पनीले मादी ९ र १२ जोड्ने… पुरा पढौ

कांग्रेस अन्नपूर्णका उम्मेदवार खेतबारीमै पुगे

नेपाली कांग्रेस अन्नपूर्णले गाउँ केन्द्रित चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार जनतासँग घरदैलोमा व्यस्त छन् । अन्नपूर्ण गाउँपालिकामा ७ माझ गाउँका टेल्का, भिचुक लगायतका ठाउँमा नेपाली कांग्रेसको तर्फबाट पालिका प्रमुख, उपप्रमुख वडाध्यक्ष र सदस्य पदका उम्मेदवारसहितका नेता तथा कार्यकर्ता मतदातासँग मत माग्न घर घरमा पुगेका हुन् । अन्नपूर्ण गाउँपालिका अध्यक्षका उम्मेदवार युवराज कुँवर र उपाध्यक्ष उम्मेदवार खिमकुमारी गुरूङले जनताका समस्या समाधान… पुरा पढौ

पोखरा १७ को विकासको खाकासहित मत माग्दै एमाले उम्मेदवार

यही ३० गते हुने स्थानीय तह निर्वाचनमा देशैभर उम्मेदवार, नेता, कार्यकर्ता मत माग्न अहिले घरदैलोमा छन् । पोखरा १७ का एमालेका उम्मेदवारहरु पनि नेता, कार्यकर्तासहित अहिले जनताको घर घर पुगिरहेका छन् । अध्यक्षकी उम्मेदवार राधिकाकुमारी शाही योगीले आफ्ना एजेन्डा र अहिलेको कार्यकालमा गरेको काम नै जित्ने मुख्य आधार भएको बताइन् । वडाबासीको गुनासा सुन्न र तत्काल काम गर्न वडामा हेल्प डेस्था स्थापना गरिने उनको भनाइ छ । व्यवस्थित पर्यटन विकास,… पुरा पढौ

एमालेका पूर्व वडा सदस्य माओवादी प्रवेश

पोखरा १८ मा पूर्व जनप्रतिनिधि र टोल सभापति माओवादी केन्द्र प्रवेश गरेका छन् । ०४९ मा नेकपा एमालेबाट वडा सदस्य चुनिएकी लक्ष्मी नेपाली माओवादीमा प्रवेश गरेकी हुन् ।उनले माओवादीबाट मात्र दलितको अधिकार रक्षा र जताको अधिकार ग्यारेन्टी हुने बताइन् । उनले पोखरा १८ देउराली पाटनमा विकास निर्माणको काम नभएको गुनासो गरे । कांग्रेसका जनमैत्री टोल इकाइ सभापति गणेश तिमिल्सिना माओवादीमा प्रवेश गरे । उनले भ्रमबस अन्य पार्टीमा लागेको भन्दै अहिले… पुरा पढौ

पोखरा ३ मा काँग्रेसको चुनावी घरदैलो

पोखरा ३ मा नेपाली काँग्रेसको चुनावी घरदैलो अभियान जारी छ । बिहीबारबाट सुरु गरिएको घरदैलो अभियान हालसम्म पालिखेचोक, शंकर टोल, भिसि मार्ग लगायतका क्षेत्रमा भइसकेको छ । उम्मेदवार परिचय, चुनावी सचेतनासहित घरदैलो सोमबार बिहान पालिखे चोकबाट सुरु भई गिरिजा चोक हुँदै धर्मका शिला बुद्ध विहार मार्ग, कोपिल ढुंगा ,कन्यामार्ग लगायतका क्षेत्रमा हुने चुनाव प्रचारप्रसार समिति संयोजक विक्रम उदासले बताए । वडाध्यक्षका उम्मेदवार प्रकाश उदासले घरदैलोमा मत माग्दै जनताको अपेक्षसमेत बुझिरहेको… पुरा पढौ

मादीमा चुनाव सम्पन्न पार्न गठबन्धनको ९ समिति गठन

पोखरा । आसन्न स्थानीय तह निर्वाचन सफल पार्न मादी गाउँपालिकाको गठबन्धनले विभिन्न ९ समिति गठन गरेको छ । सत्तापक्ष कांग्रेस, माओवादी र एकिकृत समाजवादीसहितको संयुक्त चुनावी गठबन्धनले मादी गाउँपालिकास्तरिय बैठक गर्दै समिति गठन गरेको हो । पोखरा १३ शितलादेवीमा बसेको बैठकले चुनावी प्रचार प्रसारका लागि समिति गठन गरेको हो । नेपाली कांग्रेस मादी गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार यामबहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका मादी गाउँपालिका अध्यक्ष तोरण गुरुङ, एकिकृत समाजवादी मादी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं