पोखरा महानगरपालिका वडा नम्बर(७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राममोहन आचार्य बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार किशोर बराललाई ९७ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । वडाध्यक्षमा निर्वाचित आचार्यले १ हजार ३ सय ८३ मत प्राप्त गरे भने पराजित एमाले उम्मेदवार बरालले १ हजार २ सय ८६ मत ल्याए ।
महिला सदस्यमा एमालेकी बसुन्धरा लामिछाने १ हजार ३ सय २३, दलित महिला सदस्यमा सुनिता सुनार १ हजार २ सय ९५ तथा खुल्ला सदस्यमा एमालेका अर्जुनबहादुर भुजेल थापा १ हजार २ सय ७६ र विष्णुमणी बरालले १ हजार ३ सय २ मत ल्याएर बिजयी भए ।





