स्याङजाको पाँच पालिकाको मत परिणाम: तीन गाँउपालिकामा एमाले, दुई नगरपालिका काँग्रेस विजयी

स्याङजामा तीन गाँउपालिकामा नेकपा एमालेले आफनो विरासतलाई जोगाईराख्दा गल्याङ नगरपालिकालाई भने काँग्रेसको भागमा सुम्पिएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा जित हासिल गरेको एमालेले गल्याङ नगरपालिकालाई बलियो पकडबाट गुमाउन पुगेको छ । गल्याङ नगरपालिका नेपाली काँग्रेसका उम्मेदवारले विजयी हासिल गर्दै एमालेलेको प्रभुत्वलाई तोडिदिएका छन् ।

नेकपा एमालेको बलियो नगर मानिएको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख र उपप्रमुखमा बिजयी हासिल गर्दै इतिहास कोरेको छ । नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराईले ७८९ मतान्तरले नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रेलाई पराजित गरेका हुन् । भट्टराईले ९ हजार ६ सय २१ मत प्राप्त गर्दा गैह्रेले ९२२ मत प्राप्त गरे । यसै गरी उपप्रमुखमा नेकपा एमालेका देवीसरा थापालाई नेपाली काँग्रेसका हेमा न्यौपानेले २३ मतान्तरले पराजित गरेकी छन् । न्यौपानेले ९ हजार १ सय १ मतप्राप्त गर्दा थापाले ९ हजार ५५ मत प्राप्त गरेकी थिइन् ।
भीरकोट नगरपालिका भने नेपाली काँग्रेसको पकड क्षेत्र हो । पकड नगरपालिकामा ८ वडा सहित नेपाली काँग्रेसले बिजयी हासिल गरेको छ । ९ वडा रहेको भीरकोटमा एक वडा अध्यक्ष बाहेक ४६ जना प्रतिनिधिमा नेपाली काँग्रेसका उम्मेदवारले पाँचवर्षको लागि जिम्मेवारी सम्हाल्ने छन् । भीरकोट नगरको प्रमुखमा नेपाली काँग्रेसका गोविन्दकुमार कर्माचार्य र उपप्रमुखमा भगवती अर्याल रेग्मी बिजयी भएका छन् । कर्माचार्यले ६५०४ मतप्राप्त गरेका थिए । उनका प्रतिद्धन्दी नेकपा एमालेका विश्वनाथ अर्यालले ५६६९ मतप्राप्त गरेका थिए । उपप्रमुखमा नेपाली काँग्रेसका भगवती अर्याल रेग्मीले ७१९७ मत प्राप्त गरेकी थिइन् भने उनको प्रतिद्धन्दी ४९२८ मत प्राप्त गरेकी थिइन् । अर्यालले अधिकारीलाई २२६९ मतान्तरले पराजित गरेकी छन् ।

नेकपा एमालेले भने स्याङजाका तीन गाउपालिकामा भने आफनो प्रभुत्वकलाई जोगाई राखेको छ । स्याङजाको हरिनास गाउँपालिका, कालीगण्डकी गाँउपालिका र फेदीखोला गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुन एमाले बिजयी हुदाँ गल्याङ नगरपालिका र भीरकोट नगरपालिकामा भने नेपाली काँग्रेसले विजयी हासिल गरेको छ ।

हरिनास गाँउपालिकामा नेकपा एमालेका खिमनारायण मानन्धर, कालीगण्डकी गाँउपालिकामा खिमबहादुर थापा र फेदिखोला गाँउपालिकामा घनश्याम सुवेदी अध्यक्षमा पुन दोस्रोपटक निर्वाचित भएका हुन् । हरिनासमा मानन्धरले नेपाली काँग्रेसका टोपबहादुर भुजेललाई ३७ मतको झिनो अन्तरले पराजित गरेका छन् । निर्वाचन अधिकृत घनश्याम सुवेदीका अनुसार गाउँपालिकाको अध्यक्षमा विजयी मानन्धरले ४ हजार ७ सय ६९ मतप्राप्त गरेका थिए भने काँग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मतप्राप्त गरे । त्यस्तै कालीगण्डकी गाँउपालिकामा दोस्रो पटक बिजयी बनेका खिमबहादुर थापाले ५ हजार ७ सय मतप्राप्त गर्दै कार्यकाल लम्ब्याउन सफल भए । नेपाली काँग्रेसका माया रानाले ५ हजार ५५ मत प्राप्त गरेकी थिइन् ।

हरिनास गाँउपालिको उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थापा राना विजयी भएकी छन् । नेकपा माओवादीकी मिठु लम्साललाई २४ मतले पराजित गरेकी हुन् । विजयी रानाले ४ हजार ७ सय ४० मतप्राप्त गरेकी छन् भने लम्सालले ४ हजार ७ सय १६ मतप्राप्त गरेकी छन् । कालीगण्डकी गाँउपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै सावित्रा कोइराला बिजयी भएकी छन् । उनी पनि दोस्रोपटक पुन बिजयी भएकी हुन् । कोइरालाले ६ हजार २ सय २३ मत प्राप्त गरेकी थिइनु भने उनका प्रतिद्धन्दी जनमुक्ति पाटीका बमबहादुर लामिछानेले ४ हजार ३ सय ८० मत प्राप्त गरेका थिए । १ हजार ३ सय ९३ मतान्तरले कोइरालाले बिजयी हासिल गरेकी छन् ।

फेदीखोला गाँउपालिकामा नेकपा एमालेका घनश्याम सुवेदीले ३८३६ मत प्राप्त गरी बिजयी हासिल गरेका छन् । सुवेदीका प्रतिद्धन्दी नेपाली काँग्रेसका लक्ष्मीप्रसाद बरालले ३७०४ मत प्राप्त गरेका थिए । यसै गरी उपाध्यक्षमा नेकपा एमालेका देउकुमारी गुरुङले ३९७८ मतप्राप्त गरेकी थिइन् भने माओवादीका शिव पराजुलीले २३७९ मतप्राप्त गरेका थिए । ११ पालिका रहेको स्याङ्जामा ६ पालिकाको मतपरिणाम भने आउने क्रममै छ ।