नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं ५ को वडाध्यक्षमा पराजित भएका छन् । नेकपा एमालेबाट वडाध्यक्षमा प्रतिस्पर्धा गरेको गुरुङ नेपाली काँग्रेसका उम्मेदवार नारायण पौडेलसँग पराजित भएका हुन् ।
गुरुङले ५५७ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार पौडेलले ५ सय ७६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । कास्की जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका गुरुङ आफुलाई पार्टीभित्रैबाट अन्तरघात भएको प्रतिक्रिया दिए । उनले ४७ मत आफनै पार्टी(एमाले)को सबै सदस्य उम्मेदवारलाई दिएपनि वडाध्यक्षमा रुखमा मतदान भएको पाईएको भन्दै उनले पार्टीभित्रैबाट अन्तरघातको शिकार भएको बताए ।




