स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमनारायण मानन्धर विजयी भएका छन् ।
उनले ४ हजार ७६९ मत पाए । मानन्धरले कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतअन्तरले हराएका हुन् । कांग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मत ल्याएका छन् ।
उपाध्यक्षमा नेकपा एमालेकी ईन्द्रकुमारी राना थापा विजयी भएकी छन् । उनले ४ हजार ७ सय ४० मत ल्याएकी छन् । कांग्रेसकी मिठु लम्सालले ४ हजार ७ सय १६ मत ल्याएर दोस्रो भइन् ।
सात वडा रहेको गाउँपालिकाको चार वडामा नेकपा एमाले र तीन वडामा नेपाली काग्रेसका उम्मेदवार विजयी भएका छन् ।




