राधिकाकुमारी शाही योगी पोखरा महानगरपालिकाको एक्ली महिला वडाध्यक्ष बनेकी छन् । कांग्रेसका उम्मेदवार देवराज आचार्यलाई ८३ मतले हराएर उनी पोखरा १७ मा अध्यक्ष चुनिइन् ।
राधिकाले २६ सय २५ मत पाउँदा देवराजले २५ सय ४२ मतमा चित्त बुझाए । यहाँ माओवादी केन्द्रका ओमबहादुर पौडेलले ५ सय ७३ पाएका छन् ।
वडामा नेकपा एमालेले विरासत जोगाएको छ । अहिले निर्वाचनमा जस्तै यहाँ एमालेले प्यानल नै जितेको छ । वडा सदस्यमा शिवराम भण्डारी र बिक्रम गुरुङ, महिला सदस्यमा विष्णुकुमारी र दलित महिला सदस्यमा तारा परियार निर्वाचित भएका छन् ।
यसअघि कार्यपालिका सदस्य रहेकी योगी अहिले वडाध्यक्ष चुनिएकी हुन् । योगीले विगतको अनुभव र वडाबासीको अभिमत सम्बोध गर्दै सेवामा खटिने प्रतिवद्धता गरेकी छन् ।




