जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा आईतबार ‘प्रहरीसंग एक दिन’ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले समाजलाई दिशानिर्देश गर्नका लागि युवाहरूलाई उत्तरदायित्वका विषयमा जानकारी दिनु आवश्यक भएको बताए ।
युवा बौद्ध संघ नदीपुरमा आवद्ध भएका ५० जना बालबालिकाको सहभागिता थियो । कार्यक्रममा आधारभूत सुरक्षा, स्पर्स, गोप्य कुराहरू, सडक सुरक्षा, डायल १०० लगायत सुरक्षा सम्बन्धी जानकारी गराईएको थियो ।
उक्त अवसरमा प्रहरी निरीक्षक विशाल थापा, प्रहरी नायव निरीक्षक टंक पौडेल, होतबहादुर रोका, रामबहादुर कार्की लगायतले प्रशिक्षण दिएका थियो ।
कार्यक्रममा सहभागी बालबालिकाहरूलाई जिल्ला प्रहरी कार्यालयको दर्ता चलानी, सिसि टिभी कक्ष, उजुरी शाखा, महिला सेल, महाशाखा हिरासत लगायतका शाखाहरू अवलोकन र सो शाखाहरूबाट प्राप्त गर्न सकिने प्रहरी सेवाको विषयमा समेत जानकारी गराईएको थियो ।




