गण्डकी सेरोफेरो

असारदेखि कर्मचारीलाई नियमित पोशाक ,नलगाउनेलाई हाजिरमा रोक

कार्यालय समयमा निर्धारित पोशाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । तनहुँको भानु नगरपालिकाले कर्मचारीको एकरुपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोशाकमा कडाइ गरेको हो । नगरपालिका मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीका लागि अभियानको रुपमा लैजाने योजना भए पनि शुरुमा नगरपालिकाका कर्मचारीमा यो नियम लागू गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले बताए । कार्यक्षेत्रमा रहेका प्राविधिक र परियोजनामा कार्यरत कर्मचारीको हकमा भने यो नियम हालको लागि लागू नगरिएको नगरपालिकाले… पुरा पढौ

अन्नपूर्ण आधार शिविर पर्यटकलाई अव सहज हुने

म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र पर्यटन विभागको सहयोगमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको हो । पदमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा पर्यटन विभागबाट रु २० लाख र गाउँपालिकाले रु तीन लाख विनियोजन गरेको छ । जोखिमपूर्ण अवस्थामा रहेको पदमार्गमा सहज र सुरक्षित आवतजावतका लागि स्तरोन्नति गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष मनबहादुर पुर्जाले बताए । हुमखोलादेखि आधार… पुरा पढौ

पत्रकार महिलाको क्षमता विकास गर्ने योजना छ : मेयर जिसी

पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जिसीले दिगोविकास र शुसासनका लागि राज्यको चौंथो अंग व्यवस्थीत र जीम्मेवार हुनुपर्ने बताउँदै यसका लागि स्थानीय सरकार सहयोग गर्न तत्पर रहेको बताएका छन् । संचारिका समूह गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको स्थानीय सरकार संचार योजना विषयक दुइ दिने अन्र्तसम्वाद कार्यक्रको उद्घाटन गर्दै नगरप्रमुख मेयरले यस्तो बताएका हुन् । उनले नयाँ शासन व्यवस्थामा लैंगिक समानता र महिलाविकासको महत्व प्रष्ट भएको जनाउँदै पत्रकारीता क्षेत्रमा महिलाको आगमन,… पुरा पढौ

धरौटी बुझाउन नसक्दा विप्लव कार्यकर्ता जेलमा

अदालतले तोकेको धरौटी रकम बुझाउन नसक्दा नेत्रविक्रम चन्द समूह (विप्लव) नेतृत्वको नेकपाका ४ जना कार्यकर्ता कारागार चलान भएका छन् । जिल्ला अदालतबाट मुद्दा पुर्पक्षका लागि भएको धरौटी आदेशमा प्रतिव्यक्ति ४ लाख २० हजार रुपैयाँ तोकिएको थियो । अदालतले धरौटीको रकम माग गर्दा तिर्न नसक्ने बताएपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । उनीहरुलाई थुनुवा पुर्जी दिएर कारागार लगिएको बताउँदै जिल्ला अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यले धरौटी बुझाउन सके मुद्दाको फैसलाको… पुरा पढौ

कीर्तिमान धारी श्रेष्ठको पोखरामा अभिनन्दन

पुर्व राष्ट्रिय फुटवल खेलाडी तथा एचआइभी संक्रमित पोखराका गोपाल श्रेष्ठले विश्वकै सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तीमान बनाएसँगै उनलाई पोखरामा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ । गोपाललाई सगरमाथा आरोहण गराउने समुह स्टेप अफ क्याम्पियन दोश्रो चरणले उनको स्वागत तथा अभिनन्दन गरेको हो । उनको अभिनन्दनमा पोखराका अधिकतम संघ सस्थाहरुको सहभागिता रहेको थियो भने अभिनन्दन पछि उनलाई पोखरा परिक्रमा पनि गराईएको थियो । दुई महिना अगाडी पोखरावाट सगरमाथा… पुरा पढौ

सगरमाथाको उचाइ मापन गर्ने खिमलाललाई पोखरामा भव्य स्वागत

सगरमाथाको उचाइ मापन टोलीका प्रमुख तथा नापी विभागका अधिकृत खिमलाल गौतमले ज्यानको बाजी लगाएर भएपनि सगरमाथाको उचाइ मापन गरेर फर्किएको बताएका छन् । शुक्रबार नापी कार्यालय पोखरामा तथा आफ्नो घर फर्किएका खिमलाल गौतमले ८ हजार मिटरको उचाईमा दुई दिन बसेर भएर पनि मापनको काम सम्पन्न गरेको बताए । ८ हजार मिटर भनेको डेन्जर जोन हो त्यो ठाउँमा पनि दुई रात विएर मापनका काम सकेर नै फर्किएको बताए । नापी कार्यालय… पुरा पढौ

स्वतन्त्र पत्रकार संघ कास्कीको ध्यानाकर्षण

स्वतन्त्र पत्रकार संघ कास्कीले चितवन जिल्लाको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको अव्यवहारिक घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष असफल गौतमको अध्यक्षतामा शुक्रबार बसेको बैठकले धुर्मुस सुन्तली फाउण्डेशनको नेतृत्वमा रंगशाला निर्माण कार्य भइरहेको सन्दर्भमा यही ज्येष्ठ १६ गते केही विकास विरोधीको उक्साहटमा जुन दुःखद कार्य भएको छ त्यसप्रति संघले खेद व्यक्त गरेको हो । सरकारले गर्न नसकेको काम आफ्नो छाक कटाएर व्यक्तिले गर्न लागिरहेका वेला जुन… पुरा पढौ

४० नयाँ गन्तव्यको खोजीमा प्रदेश सरकार

गण्डकी प्रदेश सरकारले पर्यटकलाई आकर्षित गर्न ४० नयाँ गन्तव्यको खोजी गर्ने भएको छ । शुक्रबार दमौलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री लम्सालले आन्तरिक भ्रमण वर्षलाई सफल पार्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले ४० वटा नयाँ गन्तव्यको खोजी गर्न लागेको बताएका हुन् । उनले प्रदेशभित्रका प्रत्येक जिल्लामा नयाँ गन्तव्य खोजीका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको जानकारी दिए । मन्त्री लम्सालले सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य… पुरा पढौ

सात वर्षीया बालिका बलात्कृत

पर्वतको विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छन् । विहादी गाउँपालिका वडा नं. ५ उरामको खोरोपोखराकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको जानकारी दिएको हो । प्रहरीका अनुसार जिल्लाको पैयूँ गाउँपालिका–६ सरौँखोला घर भएका सुरज खोरोपोखरामा रहेको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका परियारले विद्यालयको केही तल लगेर ती बालिकालाई जबर्जस्ती करणी गरेको स्वीकारेका छन् । पीडित बालिकालाई स्वास्थ्य परीक्षणको लागि… पुरा पढौ

एक हजार दिनका आमाहरुलाई कुखुराको अण्डा र आयो नून

बागलुङ जैमिनी नगरपालिका–९ पैयुँथान्थापका एक हजार दिनका आमाहरुलाई कुखुराको अण्डा र आयोडिन नुन वितरण गरिएको छ । नगरपालिकाको आर्थिक सहयोग र सुआहारा परियोजन बागलुङको समन्वयमा वडा भित्र १८ रहेका गर्भवती र सुत्केरी आमाहरुलाई अण्डा र नून वितरण गरिएको हो । त्यस्तै वडा भित्र रहेका एक हजार दिनका आमा र उनको परिवारलाई शिवनको महत्व तथा खाद्य प्रदशनीको बारेमा जानकारी गराईएको थियो । जसमा ३० जना आमा उनको परिवार सहभागी भएको सूआरा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं