ताजा समाचार

जेठ १७ गते २०७६

एक हजार दिनका आमाहरुलाई कुखुराको अण्डा र आयो नून

बागलुङ जैमिनी नगरपालिका–९ पैयुँथान्थापका एक हजार दिनका आमाहरुलाई कुखुराको अण्डा र आयोडिन नुन वितरण गरिएको छ ।

नगरपालिकाको आर्थिक सहयोग र सुआहारा परियोजन बागलुङको समन्वयमा वडा भित्र १८ रहेका गर्भवती र सुत्केरी आमाहरुलाई अण्डा र नून वितरण गरिएको हो ।

त्यस्तै वडा भित्र रहेका एक हजार दिनका आमा र उनको परिवारलाई शिवनको महत्व तथा खाद्य प्रदशनीको बारेमा जानकारी गराईएको थियो । जसमा ३० जना आमा उनको परिवार सहभागी भएको सूआरा बागलुङका फिल्ड सुपरभाईजर सुनिता रेग्मीले जानकारी दिईन ।

कार्यक्रममा उपस्थित आमाहरुलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका व्यवहार परिवर्तनका बारेमा जानकारी गराईएको थियो । साथै आमा र बच्चाका लागि फर्सिको खिर खुवाउने प्रक्रियाको बारेमा जानकारी गराईएको थियो ।