गण्डकी सेरोफेरो

अन्तरजातीय विवाह गरेका १५ दम्पती सम्मानित

अन्तरजातीय विवाह गरेका १५ दम्पतीलाई मंगलबार सम्मान गरिएको छ । चौधौँ छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले म्याग्दीको बेनीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । जातीय विभेद हटाउन अन्तरजातीय विवाहले सकरात्मक भूमिका निर्वाह गर्ने भएकाले उनीहरुको हौसलाका लागि सम्मान गरिएको सङ्घर्ष समितिका संयोजक विश्वकर्माले जानकारी दिए । समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिाकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मालिका गाउँपालिकाका उपाध्यक्ष… पुरा पढौ

धरौटी बुझाउन नसकेपछि विप्लवका चार कार्यकर्ता जेल गए

विप्लव समूहका आरोपित चार कार्यकर्तालाई जिल्ला स्याङजाले कारागार चलान गरिएको छ । जिल्ला अदालतले धरौटी वापत प्रतिव्यक्ति ४ लाख २० हजार गरी कुल १६ लाख ८० हजार रुपैयाँ माग गरेकोमा सो रकम उनीहरुले बुझाउन नसक्ने जनाएपछि उनीहरुलाई पुर्पक्षको लागि कारागार चलान गरिएको हो । विभिन्न आरोपमा पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका– २७ ज्यामिरेका ३३ वर्षीय जिल्ला इन्चार्ज गोकुल पराजुली, पश्चिम रुकुम त्रिवेणी गाउ“पालिका–१ का २९ वर्षीय मजदुर नेता गोविन्द… पुरा पढौ

मोटरसाईकलको ठक्करबाट बालिकाको मृत्यु

तनहुँमा मोटरसाईकलको ठक्करबाट पैदलयात्री एक जना बालिकाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका-१ तल्लो गुणादी स्थित पृथ्वी राजमार्गमा पोखराबाट दमौली तर्फ जाँदै गरेको प्रदेश ३-०२-००६ प २५२६ नं. को मोटरसाईकलले बाटोमा हिडदै गरिकी निशा आलेमगरलाई ठक्कर दिदा उनको उपचारका क्रममा मृत्यु भएको हो । अंन्दाजी ५/६ वर्षकी बालिकालाई तत्काल उपचारको लागि रत्नहरी अस्पताल दमौली लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको… पुरा पढौ

ग्रामिण स्थानको विद्यालयमा कम्प्युटर शिक्षा

बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माविका विद्यार्थीले कम्प्युटर शिक्षाको अवसर पाएका छन् । विद्यालयका कक्षा ६, ७ र ८ का ९० जना विद्यार्थीले दैनिक कम्प्युटर विषय पढ्ने मौका पाएका हुन् । कम्प्युटर शिक्षाका लागि ‘एडुटिच नेपाल’ले प्राविधिक सहयोग गरेको प्रधानाध्यापक रामबहादुर केसीले बताए । कम्प्युटर शिक्षक प्रेमप्रसाद गौतमका अनुसार ‘वर्ड’, ‘एक्सल’, ‘पावर पोइण्ट’, ‘प्रोग्राम डिजाइन’लगायतका विषयमा पढाइ हुने गरेको छ । विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि २० वटा कम्प्युटर छन् । कम्प्युटर… पुरा पढौ

गाउँपालिकाको जिपमा आगलागी

पर्वतको जलजला गाउँपालिका ४ फड्केढुङ्गामा घर नजिकै रोडमा पार्किङ गरी राखेको गाउँपाललीकाको जिपमा आगलागी भएको छ । भाडामा लिई गाउँपालिकाले पार्किङ गरी राखेको ग१ ज ६५५४ नम्बरको जिपमा आगो लगाउनेको परिचय खुलेको छैन । जुटको बोरामा पेट्रोल छर्की ३ वटा टायरमा आगो लगाई दिएकोमा प्रहरीले जनाएको छ । आइतबार राति नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सोलुखुम्बुमा प्रहरी चौकी कब्जा प्रयास गरेको थियो । सुरक्षा निकायले आगजनीमा चन्दकै संलग्नता भएको शंका गरी… पुरा पढौ

गाउपालिकाको सवारीसाधनमा आगजनी

पार्किङमा रोकिराखेको गाउपालिकाको सवारीसाधनमा अपरिचित ब्यक्तिहरुद्धारा आगजनी भएको छ । पर्वतको जलजला गाउँपालिका(४ फड्केढुङ्गामा ग१ ज ६५५४ नम्बरको जिपमा आगजनी भएको हो । जलजला गाउँपाललीकाले भाडामा लिएर सञ्चालन गरेको उक्त जिप चालकको घर नजिकै रोडमा पार्किङ गरी राखिएको थियो । जुटको बोरामा पेट्रोल छर्केर ३ वटा टायरमा आगो लगाईएकोले गाडीमा क्षति पुगेको छ । घटनाको खबर पश्चात प्रहरीले अनुसन्धान गरिरहेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले बताए । पुरा पढौ

मस्यार्ङदी नदिको ड्याममा शव फेला

तनहुँको आबुखैरेनी गाउँपालिका-२ मार्कीचोक स्थित मस्यार्ङदी नदिको ड्याममा एक पुरुषको शव फेला परेको छ । डयाममा गोरखाको पालुङटार नगरपालिका- ७ च्याङलीका ईश्वर कुमाल मृत अवस्थामा फेला परेको हो । उनि के कारणले नदिको ड्याममा मृत अवस्थामा फेला परे भन्ने विषयमा आवश्यक अनुसन्धान भैरहेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिएका छन् । पुरा पढौ

नगरपालिकाद्धारा ‘हेलो मेयर’ सेवा शुरु

गोरखाको पालुङटार नगरपालिकाले नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न हेलो मेयर सेवा शुरु गरेको छ । नगरपालिकाको समग्र विकासमा सम्पूर्ण नगरवासी तथा अन्य क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधै नगर प्रमुखसँग राख्न सक्ने गरी आइतबारदेखि हेलो मेयर सेवा शुरु गरेको हो । उक्त सेवामार्फत नगरवासीले नगरपालिकाभित्रका विकासको कार्यक्रम, सार्वजनिक संस्था, विद्यालय, स्वास्थ्य संस्थालगायत सम्पूर्ण कार्यक्रम तथा योजनाका बारेमा अब नगरप्रमुखबाटै जानकारी लिन सकिने सूचना प्रविधि इञ्जिनीयर अशोकबाबु श्रेष्ठले जानकारी… पुरा पढौ

मुस्ताङको थासाङ, ताग्लुङमा आगोलागी

मुस्ताङको थासाङ गाउपालिका –५ ताग्लुङको एक घरमा शनिबार मध्यराति आगोलागी हुदाँ त्यहाँ रहेको ३४ लाख मुल्य बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरीका अनुसार स्थानीय कुलबहादुर तुलाचन र हिक्मत तुलाचनको घरमा आगोलागी भएको हो । उनीहरुले खाना बनाउन प्रयोग गरिएको आगो निभाउन बिर्सदा मध्यरात चलेको हावाहुरीका कारण आगालागी भएको र घरमा रहेको अन्नपात,लत्ताकपडा र काठपात सबै जलेर नष्ट भएको लेते ईलाका प्रहरी कार्यालयका सई मिनबहादुर… पुरा पढौ

एक साता ठप्प जलविद्युत् आयोजनाको काम पुनः सञ्चालन

एक सातादेखि ठप्प बनेको मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ । प्रभावित क्षेत्रका बासिन्दाले विरोध जनाएपछि विभिन्न सरोकारवाला पक्षविचको छलफलले प्रभावित बासिन्दाको माग माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माणकार्य शनिबार बिहानदेखि सञ्चालन भएको हो । उक्त आयोजना ठप्प बनेपछि आयोजना पक्ष, स्थानीय बासिन्दा र जिल्ला समन्वय समितिका संयोजक , प्रमुख जिल्ला अधिकारी ,स्थानीय जनप्रतिनिधिले शुक्रबार संयुक्त छलफल गरेका थिए । मोदी गाउँपालिका वडा नं १… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं