पर्वतको जलजला गाउँपालिका ४ फड्केढुङ्गामा घर नजिकै रोडमा पार्किङ गरी राखेको गाउँपाललीकाको जिपमा आगलागी भएको छ । भाडामा लिई गाउँपालिकाले पार्किङ गरी राखेको ग१ ज ६५५४ नम्बरको जिपमा आगो लगाउनेको परिचय खुलेको छैन ।
जुटको बोरामा पेट्रोल छर्की ३ वटा टायरमा आगो लगाई दिएकोमा प्रहरीले जनाएको छ । आइतबार राति नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सोलुखुम्बुमा प्रहरी चौकी कब्जा प्रयास गरेको थियो । सुरक्षा निकायले आगजनीमा चन्दकै संलग्नता भएको शंका गरी अनुसन्धान गरिरहेको जनाएको छ ।




