गाउपालिकाको सवारीसाधनमा आगजनी

पार्किङमा रोकिराखेको गाउपालिकाको सवारीसाधनमा अपरिचित ब्यक्तिहरुद्धारा आगजनी भएको छ ।

पर्वतको जलजला गाउँपालिका(४ फड्केढुङ्गामा ग१ ज ६५५४ नम्बरको जिपमा आगजनी भएको हो । जलजला गाउँपाललीकाले भाडामा लिएर सञ्चालन गरेको उक्त जिप चालकको घर नजिकै रोडमा पार्किङ गरी राखिएको थियो ।

जुटको बोरामा पेट्रोल छर्केर ३ वटा टायरमा आगो लगाईएकोले गाडीमा क्षति पुगेको छ । घटनाको खबर पश्चात प्रहरीले अनुसन्धान गरिरहेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले बताए ।