धरौटी बुझाउन नसकेपछि विप्लवका चार कार्यकर्ता जेल गए

विप्लव समूहका आरोपित चार कार्यकर्तालाई जिल्ला स्याङजाले कारागार चलान गरिएको छ ।

जिल्ला अदालतले धरौटी वापत प्रतिव्यक्ति ४ लाख २० हजार गरी कुल १६ लाख ८० हजार रुपैयाँ माग गरेकोमा सो रकम उनीहरुले बुझाउन नसक्ने जनाएपछि उनीहरुलाई पुर्पक्षको लागि कारागार चलान गरिएको हो ।

विभिन्न आरोपमा पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका– २७ ज्यामिरेका ३३ वर्षीय जिल्ला इन्चार्ज गोकुल पराजुली, पश्चिम रुकुम त्रिवेणी गाउ“पालिका–१ का २९ वर्षीय मजदुर नेता गोविन्द ओलीलाई २०७५ फागुन १४ गते पुतलीबजार १४ बाट प्रहरीले पक्राउ गरेको थियो ।

यस्तै, भीरकोट नगरपालिका–२ का ४७ वर्षीय जिल्ला कमिटी सदस्य सागर अर्याललाई चैत २७ र वालिङ नगरपालिका–२ छाप्राककी ५० वर्षीया मिसिरा नेपाली चैत १७ मा पक्राउ परेका हुन् ।

पक्राउपछि प्रहरीले चारजनालाई प्रहरीले पहिलो चरणमा राज्य विरुद्धको कसुर र विष्फोटक पदार्थ सम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए ।