गण्डकी सेरोफेरो

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

टिपरले ठक्कर दिँदा तनहुँ शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा आइतबार एक जनाको मृत्यु भएको छ। भिमादबाट हलेदीतर्फ जाँदै गरेको ग१ख ७१७८ नम्बरको टिपरले बाटो काट्ने क्रममा साइकललाई ठक्कर दिदा शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाको २१ वर्षीय कमल विकको मृत्यु भएको हो । दुर्घटनामा ढाड र हातमा चोट लागेका विकको तनहुँ सेवा अस्पताल दुलेगौडामा प्राथमिक उपचारपश्चात् थप उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी… पुरा पढौ

राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु

म्याग्दीलगायत ३० जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु भएको छ । ग्रामीण क्षेत्रका महिलाको आयआर्जन सुधार गरी आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आर्थिक वर्ष २०७५÷७६ देखि कार्यक्रम शुरु गरिएको हो । कृषि, पर्यटन, पशुपालन र सीपमूलक उद्यम व्यवसाय सञ्चालनमा सघाउन महिलाले सञ्चालन गरेका सहकारी, समूह र संस्थालाई अनुदान उपलब्ध गराइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले जानकारी दिएका छन् । उनका अनुसार यस… पुरा पढौ

दिदीसँग घुम्न गएकी युवतीको कालीगण्डकीमा डुबेर मृत्यु

स्याङ्जाको कालीगण्डकी गाउँपालिका २ भुरडाँडाकी मीना थापाको कालीगण्डकी नदीमा बगेर मृत्यु भएको छ । दिदी तारा केसीसँग कालीगण्डकी नदीको किनारमा रहेको गुठी मन्दिर घुम्न गएकी मीनाको नदी किनारमा हातखुट्टा धुने क्रममा अचानक नदीले बगाउँदा मृत्यु भएको हो । घटनास्थलभन्दा करिब १ किमी तल उनको शव फेला परेको प्रहरी उपरीक्षक नवराज भट्टले बताए । पुरा पढौ

आँगनमा खेलिरहेकी बालिका चितुवाको शिकार, बस्ती नै त्रासमा

चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा शुक्रबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–२ भकुण्डोथोक बस्ने ९ वर्षीया पुष्पा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । चितुवाले बालिकालाई घरबाटै आक्रमण गरी लगेको र उनको शव घरभन्दा ५०० मिटर पर खरबारीमा फेला परेको थियो । प्रहरीका अनुसार बालिकाको… पुरा पढौ

वातावरण संरक्षणका लागि बुटिक चौतारी

संरक्षणको अभावमा शहरी क्षेत्रका चौतारा लोप हुँदै गएको वास्तविकतामा पोखराका दुई संस्थाको अगुवाइमा गरिएको बुटिक चौतारी निर्माण यतिखेर उदाहरणीय बनेको छ । पोखराको हरियाली एवं वातावरणीय सुन्दरतासँगै पैदलयात्रीको विश्रामस्थलका रुपमा लिइएका बुटिक चौतारी सडकको दायाँबाँया निर्माण गरिएका हुन्। सिद्धार्थ राजमार्गसँग जोड्ने मुख्य सडकखण्डको नागढुङ्गादेखि पृथ्वीचोकसम्म ७०० मिटर लम्बाइ क्षेत्रमा लगभग रु आठ लाखको लागतमा कूल ८७ चौतारा निर्माण गरिएका छन् । पोखरा महानगरपालिका वडा नं ८ र ९ को सिमानास्थित… पुरा पढौ

मुस्ताङमा करेन्ट लागी १ घाइते, उपचारका लागि पोखरा ल्याइयो

मुस्ताङको जोमसोम–कोरला सडकखण्डमा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ छुसाङको कालो भिरमा करेन्ट लागी घाइते भएका १ जनालाई पोखरा ल्याइएको छ । अमित बिल्डर्स कम्पनीको स्काइभेक्टरका सहचालक थासाङ गाउँपालिका ३ लेते घर भएका अन्दाजी २०÷२२ वर्षका सनम विकलाई सडकको साइडमा रहेको बिजुलीको नांगो तारबाट करेन्ट लागी घाइते भएपछि उपचार लागि पोखरा ल्याएको हो । सुरुमा उपचारका लागि जिल्ला अस्ताल जोमसोम पठाइएकोमा थप उपचारका लागि गण्डकी हस्पिटल पोखरा ल्याइएको प्रहरीले जनाएको छ… पुरा पढौ

लोमन्थाङलाई विश्व सम्पदा सूची, उपल्लो मुस्ताङमा जियोपार्क

गण्डकी सरकारले मुस्ताङको लोमन्थाङ क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने भएको छ । सरकारले उपल्लो मुस्ताङमा जियोपार्क निर्माण गर्ने जनाएको छ । शुक्रबार प्रदेशसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रवेद प्रमुख बाबुराम कुँवरले यस्तो जनाएका हुन् । नीति तथा कार्यक्रममा मुस्ताङ, मनाङ र उत्तरी गोरखालाई फिल्म सिटी र विशेष पर्यटन क्षेत्रको रुपमा विकास गर्ने नीति उल्लेख छ । सरकारले सन् २०२२ सम्म वार्षिक २०लाख पर्यटक भित्र्याउने… पुरा पढौ

अमेरिकन सैनिक संगठनको उच्च ओहदामा स्याङजाकी चेली

स्याङजाकी एक चेलीे अमेरिकन सैनिक संगठनको उच्च ओहदा (सेकेण्ड लेफ्टिनेन्ट पद) मा नियुक्त भएकी छिन् । स्याङ्जा जिल्ला फेदीखोला ४ टोर्केकी अस्मिता गुरुङ उक्त पदमा नियुक्त भएकी हुन् । उनले विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्टमा ९ मे २०१९ मा सपथ समेत लिइसकेकी छन् । विसं २०४६ साल मंसिर २९ गते स्याङ्जामा जन्मिएकी उनले बाल्यकालमा आफ्नै गाउँबाट प्रारम्भिक शिक्षा हासिल गरेकी हुन् । पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली गरी, सगरमाथा… पुरा पढौ

गन्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रनाउ पुरीलाई विदाई

गन्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरिलाईलाई एक कार्यक्रमका विच विदाई गरिएको छ । ईलाका प्रहरी कार्यालय सिमरा बारा सरुवा भई जान लागेका प्रनाउ पुरीलाई गण्डकी प्रदेश प्रहरी कार्यलयले विदाई गरेको हो । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले प्रनाउ पुरीलाई मायाको चिनो प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । साथै अन्य प्रहरी अधिकृतहरुले समेत उनलाई शुभकामना ब्यक्त गरेका थिए… पुरा पढौ

पहिरो खन्नेक्रममा माटोको ढेस्कोले पुरीदा एक जना बेपत्ता

पहिरो खन्नेक्रममा माथीबाट खसेको माटोको ढिस्कोले पुरिदा एकजना बेपत्ता भएका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका-३ मुनामा माथि ढुङ्गा माटो सहितको ढेस्को खस्दा हाल सम्म नम्बर नखुलेको JCB पुरिन गई सोही सडकमा काम गर्ने सोही ठाउँका ३१ वर्षिय सुबिन पुन बेपत्ता भएका हुन् । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई स्थानियको सहयोगमा पुनको उद्धार कार्य जारी रहेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिएका छन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं