स्याङ्जाको कालीगण्डकी गाउँपालिका २ भुरडाँडाकी मीना थापाको कालीगण्डकी नदीमा बगेर मृत्यु भएको छ । दिदी तारा केसीसँग कालीगण्डकी नदीको किनारमा रहेको गुठी मन्दिर घुम्न गएकी मीनाको नदी किनारमा हातखुट्टा धुने क्रममा अचानक नदीले बगाउँदा मृत्यु भएको हो ।
घटनास्थलभन्दा करिब १ किमी तल उनको शव फेला परेको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।




