लोमन्थाङलाई विश्व सम्पदा सूची, उपल्लो मुस्ताङमा जियोपार्क

गण्डकी सरकारले मुस्ताङको लोमन्थाङ क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने भएको छ । सरकारले उपल्लो मुस्ताङमा जियोपार्क निर्माण गर्ने जनाएको छ ।

शुक्रबार प्रदेशसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रवेद प्रमुख बाबुराम कुँवरले यस्तो जनाएका हुन् । नीति तथा कार्यक्रममा मुस्ताङ, मनाङ र उत्तरी गोरखालाई फिल्म सिटी र विशेष पर्यटन क्षेत्रको रुपमा विकास गर्ने नीति उल्लेख छ । सरकारले सन् २०२२ सम्म वार्षिक २०लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।