अमेरिकन सैनिक संगठनको उच्च ओहदामा स्याङजाकी चेली

स्याङजाकी एक चेलीे अमेरिकन सैनिक संगठनको उच्च ओहदा (सेकेण्ड लेफ्टिनेन्ट पद) मा नियुक्त भएकी छिन् । स्याङ्जा जिल्ला फेदीखोला ४ टोर्केकी अस्मिता गुरुङ उक्त पदमा नियुक्त भएकी हुन् ।

उनले विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्टमा ९ मे २०१९ मा सपथ समेत लिइसकेकी छन् । विसं २०४६ साल मंसिर २९ गते स्याङ्जामा जन्मिएकी उनले बाल्यकालमा आफ्नै गाउँबाट प्रारम्भिक शिक्षा हासिल गरेकी हुन् । पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली गरी, सगरमाथा हाइयर सेकेण्डरी स्कुलबाट +२ गरी उनी अमेरिका भएकी थिईन् ।

अस्मिताले टेक्सास राज्यमा रहेको एक कलेजबाट ब्याचलर अफ साइन्स (नर्सिङ) मा स्नातक गरेकी छिन् । अस्मिताले भविष्यमा सक्रिय ड्युटी नर्स कर्पोरेशनमा रहने प्रतिवद्धता जनाएकी छिन् ।