गण्डकी सेरोफेरो

सटरिङ खोल्दा छतै खस्यो, कामदारको मृत्यु

गोरखाको सुलिकोट गाउँपालिका २ बारपाकमा घरको सटरिङ खोल्दा छतै खसेर कामदारको मृत्यु भएको छ । नयाँ बन्दै गरेको ३ तले घरको तेस्रो तलाको छत ढलानपश्चात प्रयोग गरेका प्लाइ (सटरिङ) खोल्दै गर्दा छतसहित खसेर देवेन्द्र घलेको मृत्यु भएको हो । चुनबहादुर घलेको बन्दै गरेको नयाँ घरमा लेबर काम गर्ने घलेको छत र बिम (पिल्लर) को बीचमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पुरा पढौ

अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा बाग्लुङका पाईजामगरलाई स्वर्ण

दक्षिण कोरियाको बुसानमा आयोजित एक खेल प्रतियोगितामा बाग्लुङका राजन पाईजा मगरले स्वर्ण जितेका छन् । कोरियामा भएको ३१ औं बुसान मेयर कप अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा उनले ६० तौल समुहमा नेपालका तर्फबाट स्वर्ण पदक हात पारेका हुन् । त्यसैगरी पोखराका प्रकाश खड्काले ६७ केजीमा रजत पदक, चन्द्र हमालले कास्य र जमानसिंह गुरुङले पनि रजत पदक प्राप्त गरेका छन् । महिला तर्फ चन्द्र हमालले ५५ केजीमा कास्य पदक जित्दा पुरुष तर्फको ५५… पुरा पढौ

चिनिया र भारतीय दुवै पैसा चल्ने नेपाली गाउँ

नेपाली बजारमा भारु १ सयभन्दा माथिका नोट कारोबारमा प्रतिवन्ध छ । चिनियाँ नोटको कारोबारका लागि त मनी चेन्जर र बैंकहरु नै पुग्नुपर्छ । मुख्य सहर र बजारहरुमा यस्तो हुँदा नेपालको कुनै गाउँमा सजिलैसँग भारतीय र चिनियाँ मुद्रा दुवै चल्छ भन्दा पत्यार नलाग्न सक्छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको छोसेरमा भने दुवै मुद्रामा कारोबार हुन्छ । नेपाली मुद्रा नभएका भारतीय र चिनियाँ यसबाट लाभान्वित भएका छन् । छोसेरका एक व्यापारीले आफ्नो… पुरा पढौ

म्याग्दीमा एक सय मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण शुरु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण शुरु गरेको हो । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले नीलगिरि क्यासकेडको पहुँच मार्ग बनाइसकेको र नीलगिरिको पहुँचमार्ग निर्माण शुरु भएको जानकारी दिए । नारच्याङको मिरिस्ती र घलेम्दी खोलाको दोभानमा प्रस्तावित विद्युत्गृहदेखि छोटेपा भन्ने ठाउँमा रहने बाँधसम्म सडक पुर्याएको… पुरा पढौ

पुरुष भलिबल उपाधीका लागी गण्डकी प्रदेश आर्मीसंग भिड्दै

प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागी गण्डकी प्रदेशले आज विभागीय त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्दै छ । खेल सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा अपरान्ह ४ बजेपछि शुरु हुने आयोजक नेपाली सेनाले जनाएको छ । आर्मी समुह ‘क’ बाट तथा गण्डकी समूह ‘ख’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पग्न सफल भएको थियो ।गतवर्ष पनि यि दुई टोलीले फाइनल खेल खेलेको थियो । जसमा आर्मी विजयी भएको थियो ।… पुरा पढौ

चितुवा आक्रमण ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत

चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले तत्कालका लागि रु ५० हजार राहत प्रदान गरेको हो । उक्त रकम मृतककी आमा दुर्गा अधिकारीलाई प्रदान गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । बरालका अनुसार थप राहतका लागि प्रक्रियाअनुसार जाँदा केही समय लाग्नेछ । बरालले चितुवाको आक्रमणबाट मृत्यु भएकी बालिकाको परिवारलाई… पुरा पढौ

पशुको स्वस्थ्यका लागि परजीवी नियन्त्रण आवश्यक छ

पशु स्वास्थ्यमा देखिएको परजीवी प्रकोप नियन्त्रण गर्न सकेमा मुलुकमा पच्चीस प्रतिशतले उत्पादनमा वृद्धि हुने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको चौथो स्थापना दिवसका अवसरमा पोखरा–२० स्थित मौजा आँटीघरमा आयोजित सरोकारवालासँगको अन्तरक्रिया तथा पशु स्वास्थ्य, बाँझोपन निवारण शिविरमा उक्त कुरामा जोड दिइएको हो । पशुको स्वास्थ्य परीक्षणमा देखिएको जुका, चुर्नालगायत विभिन्न खालका परजीवीका कारण उत्पादनमा कमी आउनुका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने गरेको… पुरा पढौ

पक्राउ परेका विप्लवका कार्यकतामाथि सार्वजनिक मुद्दाको तयारी

कास्कीको अन्नपूर्ण गाउँपालिका ११ बाट पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकतालाई अनुसन्धानपछि मुद्दा दर्ताको प्रक्रिया अघि बढाइएको छ। प्रहरीले कास्कीमा विप्लव नेतृत्वको नेकपाको गतिविधि हुने क्षेत्र अन्नपूर्ण गाउँपालिकाबाट जिल्ला सेक्रेटरी विवेक भण्डारी ९आक्रोस० सहित १८ जनालाई शनिबार साँझ ६ बजे पक्राउ गरी राति नै पोखरा ल्याएको हो । कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले पक्राउ परेकाहरूबारे विभिन्न घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा यसअघि नै उजुरी रहेको उनले… पुरा पढौ

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

टिपरले ठक्कर दिँदा तनहुँ शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा आइतबार एक जनाको मृत्यु भएको छ। भिमादबाट हलेदीतर्फ जाँदै गरेको ग१ख ७१७८ नम्बरको टिपरले बाटो काट्ने क्रममा साइकललाई ठक्कर दिदा शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाको २१ वर्षीय कमल विकको मृत्यु भएको हो । दुर्घटनामा ढाड र हातमा चोट लागेका विकको तनहुँ सेवा अस्पताल दुलेगौडामा प्राथमिक उपचारपश्चात् थप उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी… पुरा पढौ

राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु

म्याग्दीलगायत ३० जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु भएको छ । ग्रामीण क्षेत्रका महिलाको आयआर्जन सुधार गरी आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आर्थिक वर्ष २०७५÷७६ देखि कार्यक्रम शुरु गरिएको हो । कृषि, पर्यटन, पशुपालन र सीपमूलक उद्यम व्यवसाय सञ्चालनमा सघाउन महिलाले सञ्चालन गरेका सहकारी, समूह र संस्थालाई अनुदान उपलब्ध गराइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले जानकारी दिएका छन् । उनका अनुसार यस… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं