बिर्खे टोपी लगाएर नियमित कार्यालयमा कर्मचारी

तनहुँको आदिकवि भानुभक्त आचार्यको नाममा राखिएको भानु नगरपालिकाका कर्मचारीहरु नियमित पोषाकका रुपमा ‘बिर्खे टोपी’ लगाएर आउने गरेका छन् ।

भानुभक्त टोपीको रुपमा चिनिने ‘बिर्खे टोपी’ लगाउनुपर्ने नगरपालिकाले निर्णय गरेको हो। नगर कार्यपालिका बैठकले असार १ बाट लागू हुने गरी कर्मचारीले अनिवार्य रुपमा बिर्खे टोपी लगाउनुपर्ने निर्णय गरेको थियो।

सोही अनुरुप आइतबारदेखि बिर्खे टोपीमा सजिएर काममा खटिएका हुन्। आदिकवि भानुभक्त आचार्य तनहुँको चुँदीरम्घामा जन्मिएका हुन्। उनैको नामबाट भानु नगरपालिकाको नामाकरण गरिएको हो। कार्यालय समयमा नगरपालिकाका कर्मचारीहरु निर्धारित पोशाकमा अनिवार्य रुपमा उपस्थित हुनुपर्ने अन्यथा हाजिरी समेत गर्न नपाउने नगरपालिकाले व्यवस्था गरेको छ।