साच्चै मान्छेले व्यापारको नाममा नैतिकता र आफनो धर्म नै बिर्सन्छन् भन्ने कुरा देखिँदै आएको कुरा हो । यस्तै देखिएको पर्वतमा। जहाँ प्रहरीले ठुलो परिमाणमा अवैध घरेलु मदिरा जफत गरेको छ । मदिरामा प्रहरीले मरेको मुसा थोत्रा कपडा भेटेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले कुस्मा र आसपासका क्षेत्रबाट यस्तो अवैध मदिरा बरामद गरेको हो । प्रहरीले कुस्मा नगरपालिकाका ३ वटा वडामा बरामद भएको मदिरा बनाउने तयारी कच्चा झोलमा मरेका मुसा र थोत्रा कपडा लगायतका बस्तु भेटेको हो ।
बरामद गरिएको मदिरा तयार गर्नका लागि मर्चा हालेर राखिएका ड्रमहरुमा पुराना कपडा, कुहिएको चाउमिन लगायतका खाद्य बस्तु राखेको र तिनीहरुमा किरा पर्नुका साथै मुसा समेत मरेको भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले झण्डै १ हजार ६ सय ५० लिटर घरेलु मदिरा बरामद गरेको छ । प्रहरीले अवैध मदिरासंगै ५५ ड्रम तरल पदार्थ सहित मदिरा उत्पादन गर्न प्रयोग गरिने भाँडाहरु पनि नियन्त्रणमा लिएको छ । सो क्षेत्रमा प्रहरीले पटक पटक छापा मारी घरेलु मदिरा नष्ट गरे तापनि अबैध रुपमा मदीरा उत्पादन गर्ने क्रम भने रोकिएको छैन




