बागलुङ नगरपालिका वडा नम्बर–४ कुडुँलेका ६६ वर्षीय उमानाथ शर्मा दुई महिनादेखि वेपात्ता भएका छन् । चैत २८ गते विहान सात बजेदेखि हालसम्म परिवारको सम्र्पकमा नआएका हुन् ।
शर्माको खोजीकार्य गरे पनि हालसम्म कतै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङलका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले बताए ।
प्रहरीका अनुसार वेपत्ता मानिस देशभर कुनै स्थानमा दुर्घटनामा परेको भए थाहा हुन सक्थ्यो तर अहिलेसम्म कसैको सम्र्पकमा आएका छैनन् । दुई महिनासम्म परिवारको सम्र्पकमा नआएका कारण सबैलाई खोजी कार्य गरिदिन शर्माका भाई भोलानाथ आचार्यले आग्रह गरे ।
शर्मा साविक बागलुङ नगरपालिका वडा नम्बर–१० का पूर्व वडा अध्यक्ष समेत हुन् । सामाजिक भावना भएका शर्मा बिना कारण वेपत्ता भएको परिवारले जनाएको छ । खोजि गरिदिन परिवारले आग्रह गरेका छन् ।




