गण्डकी सेरोफेरो

आधा बर्षमा ४६ आपराधिक घटना

बागलुङ जिल्लामा छ महीनामा आपराधिक र मानवअधिकार उल्लङ्घनका ४६ घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० बागलुङको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उक्त तथ्य सार्वजनिक भएको हो । सबैभन्दा बढी घरेलु हिंसाका २१ घटना छन् । जसमध्ये ११ घटना मिलापत्रमा टुङ्गिएका छन् । तीन घटना अदालत पुगेको र बाँकी प्रक्रियामा छन् । इन्सेकद्वारा सार्वजनिक विवरणमा जबर्जस्ती करणीका सात र करणी उद्योगका नौ घटना भएका छन् । राजनीतिक अधिकारसम्बन्धी एक, धम्की… पुरा पढौ

कोरला छेउमा ट्रक पल्टिदा १ गम्भीर घाइते

शनिबारबाट सुरु भएको नेपाल–चीन अन्तरदेशीय मेलाबाट निर्माण सिमेन्ट लोड गरेर लोमान्थाङतर्फ फर्कदै ट्रक दुर्घटना हुँदा १ जना गम्भीर घाइते भएका छन् । ग१ख ५५६० नम्बरको मालवाहक ट्रक शनिबार अपरान्ह ५ बजे लोमान्थाङ गाउँपालिका ४ स्थित नेचुङ खोलामा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीका अनुसार दुर्घटनामा परी लोमान्थाङ गाउँपालिका ३ ठिङ्गर बस्ने वर्ष ४९ का घ्याचो गुरुङ गम्भीर घाइते भएका छन् । घाइते गुरुङको टाउको… पुरा पढौ

पत्रकार राजाराम पौडेल पुरस्कृत

पोखराका रंग पत्रकार राजाराम पौडेल पुरस्कृत भएका छन् । इभेन्टस् फर यु प्रालि र सारेगम इन्टरटेनमेन्ट हाउसको सहकार्यमा आयोजित छैटौं संस्करणको मिस एसइई पोखरा २०१९ को अन्तिम प्रतिस्पर्धा तथा द ग्राण्ड कन्र्सट एण्ड एजुकेशन फेयर २०७६ को अवसरमा उनलाई पुरस्कृत गरिएको हो । कान्तिपुर पब्लिकेसन्समा आवद्ध पत्रकार पौडेललाई रंगपत्रकारिताको माध्यमबाट रंगक्षेत्रलाई प्रवर्द्धन र सम्वर्द्धन गर्न योगदान दिएको भन्दै १० हजार ५ सय रुपैयाँ नगदसहित सम्मान गरिएको हो । उनलाई कर्णप्रिय… पुरा पढौ

बाग्लुङमा तनाव व्यवस्थापन तथा ध्यान शिविर

बागलुङ उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समिति र ओशो अमृतम ध्यान केन्द्र बागलुङले संयुक्तरुपमा तनाव व्यवस्थापन तथा ध्यान शिविर आयोजना गर्यो । पाचौं अन्तर्राष्ट्रिय योग दिवसको आवसर पारेर बागलुङमा शिविर आयोजना गरिएको हो । शिविरमा बागलुङका महिला उद्यमीहरू, ओशो सन्यासी, ओशो प्रेमी लगायत करिब ७० जना सहभागी थिए । शिविरमा सहभागीले शरीर शुद्धिकरणका लागि योग र मन शुद्धिकरणका लागि थुप्रै ध्यानका प्रयोगहरू गरेका थिए । शिविरका लागि ओशो उपवन… पुरा पढौ

मिस एसइई क्वीन विजेताहरू सम्मानित, विजेतालाई न्यू ग्यालेक्सीमा पूर्ण छात्रवृत्ति

पोखरामा हालै सम्पन्न मिस एसइई क्वीन सिजन ५ का विजेताहरूलाई शुक्रबार पोखरामा सम्मान गरिएको छ । लुक्स फेशन होम एण्ड इभेन्ट म्यानेजमेन्टले एसइई क्वीन प्रतियोगिता आयोजना गरेको थियो । सम्मानित हुनेहरूमा मिस एसइई क्वीन सिजन ५ का विजेता विमिका उदास, फष्ट रनरअप विनिता जिसी, सेकेण्ड रनरअप सिम्रन गुरुङ, मिस फोटो जेनिक प्रोशिना आचार्य र वेष्ट स्माइल रीता अधिकारी रहेका छन् । उनीहरूलाई सम्मान गर्दै पोखराको न्यू ग्यालेक्सी माविका प्राचार्य डा.… पुरा पढौ

नेकपा-कांग्रेस विवादले नगरसभा प्रभावित

बेनी नगरपालिकामा नगर प्रमुख र कार्यपालिका सदस्यको विवादका कारण नगरसभा प्रभावित भएको छ । कांग्रेसबाट निर्वाचित मेयर र अधिकांश कार्यपालिका सदस्य नेकपाबाट निर्वाचित भएपछि यहाँ पटक पटक विवाद आउने गरेको छ । सबै स्थानीय तहले असार १० गतेभित्र सभा बोलाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने भए पनि विवादका कारण नगरपालिकाले तयारी गर्न सकेको छैन । दैनिकजसो विभिन्न उपसमितिको बैठक, बजेट, योजना र नीति तथा कार्यक्रमको… पुरा पढौ

आदिबासी जनजाती विद्यार्थी महासंघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरनचौरको अध्यक्षमा चौधरी

नेपाल आदिबासी जनजाती विद्यार्थी महासंघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरनचौर,पोखराको अध्यक्षमा एटलान्तिक चौधरी चयन भएका छन् । शुक्रबार नेपाल आदिबासी जनजाती विद्यार्थी महासंघ कास्कीका अध्यक्ष सुजन लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कलेजको प्रथम अधिबेशनले नयाँ कमिटी बनाउदै उनलाई अध्यक्षमा चयन गरेको हो । अधिबेशनले समितीको उपाध्यक्षमा सुशील श्रेष्ठ, सचिवमा मुना श्रेष्ठ,सह सचीवमा विवेक श्रेष्ठ, कोषध्यक्षमा मनिसा चौधरी चयन गरेको छ । त्यसैगरि सदस्यहरुमा बिकास गुरुङ, सुदिप चौधरी, सौगात श्रेष्ठ, ममता सिन्जाली,… पुरा पढौ

पिजी अध्यापनका लागि पोखराले पायो ६ वटा विषयका लागि १७ सिट

नेपाल मेडिकल काउन्सिलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पोष्ट ग्राजुयट तह (पिजी)मा विद्यार्थी भर्नाका लागि ६ वटा विषयका लागि १७ सिट दिएको छ। काउन्सिलको शुक्रबार बसेको बैठकले प्रतिष्ठानलाई पिजी सिट दिने निर्णय गरेको हो। काउन्सिल स्रोतका अनुसार पोखरालाई गाइनो अब्सटेटिभ्स, अर्थोपेडिक, सर्जरी, एनेस्थेसियोलोजी र मेडिसिनमा एमडी कार्यक्रम चलाउन सिट दिइएको छ। पोखराले इन्टरनल मेडिसिनमा २, सर्जरीमा ४, स्त्री तथा प्रसूतिमा ४, पेडियाट्रीक्समा २, एनेस्थेसियामा २, अर्थोपेडिक्समा ३ सिट पाएको छ। त्यसैगरि… पुरा पढौ

दश वर्षमा बल्ल अस्पतालको भवन बन्यो

धौलागिरि अञ्चल अस्पतालको सुविधा सम्पन्न ‘बी’ ब्लक भवन निर्माण शुरु भएको १० वर्षमा पूरा भएको छ । विसं २०६६ वैशाख १ गते दुई वर्षमा सम्पन्न गर्ने सम्झौता गरी आशिष, मिलेनियम, भीमज्योति, जयबाबा गोरख र नयाँबाटो निर्माण सेवाले जिम्मा लिएको ‘बी’ ब्लक हाल मात्रै निर्माण गरेका हुन्। तत्कालीन बागलुङ जिल्ला अस्पताललाई रुपान्तरण गरी अञ्चल अस्पतालका लागि चाहिने भवन निर्माण थालिएको १० वर्षपछि बल्ल पूरा भएको उक्त अस्पतालले जनाएको छ। अस्तपालतको ‘बी’… पुरा पढौ

अव मुस्ताङबाट मनाङ स्थित तिलिचो तालसम्म एकैदिनमा आवतजावत गर्न सकिने

अव बाह्य तथा आन्तरिक पर्यटकहरु मुस्ताङदेखि सिधै मनाङको तिलिचो तालसम्म एकै दिनमा आवतजावत गर्न सकिने भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँदेखि संसारको सबैभन्दा उच्चस्थानमा रहेको तिलिचो ताल जोड्ने सडक निर्माण शुरु भएकोले सावारीसाधनमार्फत पर्यटकहरुका लागि सहज भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले ठिनीदेखि तिलिचो ताल नजिकै पर्ने नमखुलेकसम्म सडक पु¥याउन ट्र्याक खोल्ने काम शुरु गरिसकेको छ । यसअघि ठिनीदेखि ताङदुङसम्म साढे दुई किलोमिटर सडक निर्माण भइसकेको थियो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं