बागलुङ उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समिति र ओशो अमृतम ध्यान केन्द्र बागलुङले संयुक्तरुपमा तनाव व्यवस्थापन तथा ध्यान शिविर आयोजना गर्यो । पाचौं अन्तर्राष्ट्रिय योग दिवसको आवसर पारेर बागलुङमा शिविर आयोजना गरिएको हो ।

शिविरमा बागलुङका महिला उद्यमीहरू, ओशो सन्यासी, ओशो प्रेमी लगायत करिब ७० जना सहभागी थिए । शिविरमा सहभागीले शरीर शुद्धिकरणका लागि योग र मन शुद्धिकरणका लागि थुप्रै ध्यानका प्रयोगहरू गरेका थिए ।
शिविरका लागि ओशो उपवन पोखराका अध्यक्ष तथा संचालक स्वामी योगानन्द शुक्रबार बागलुङ पुगेका थिए । उनलाई आयोजक र बागलुङका ओशो सन्यासी हरूले भव्य स्वागत गरेका थिए । साथै मालढुंगादेखि बागलुङसम्म मोटरसाईकल र्यालीका साथ योगानन्दलाई ओशो अमृतम ध्यान केन्द्र पुर्याएका थिए ।
शिविरमा स्वामी योगानन्दले ओशो नेपालमा मात्र नभई विश्वका थुप्रै राष्ट्रमा रहेको बताए । साथै ओशोका दर्शन बुझाउँदै आएका बोधिसत्व आचार्य स्वामी आनन्द अरूणले जीवन शैली सचित्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शकुन्तला शर्माले स्वागत गर्दै योग र ध्यान मानव जीवनमा अति उपयुक्त भएको र यस्ता शिविर अझै आवश्यक हुने बताइन् ।
शिविरका अध्यक्ष भगवती केसीले आगामी दिनमा पनि शिविर आयोजना गर्ने प्रतिवद्धता जनाइन् । कार्यक्रम स्ञ्चालन सचिव जुनु श्रेष्ठले गरेकी थिइन् ।






