गण्डकी सेरोफेरो

पर्वतमा जिप दुर्घटना हुदा दुईको मृत्यु, चार घाइते

पर्वतको महाशीला गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते बनेका छन्। आइतबार साँझ महाशिला गाउँपालिका– ५ लुंखु देउरालीमा लुंखुदेउराली बजारबाट बालाकोटतर्फ जाँदै गरेको ग २ च ७१२८ जीप लुंखुबजारभन्दा केही तल दुर्घटना भएको हो। दुर्घटनामा परेर महाशिला गाउँपालिका– ३ का ५० वर्षीय कृष्णगोपाल गुरुङ र सल्यानको कपुरकोट नगरपालिका– ४ का ३० वर्षीया विष्णु थापाको मृत्यु भएको छ । मृतक थापा स्थानीय बालारानी माविका शिक्षक… पुरा पढौ

दमौलीका कुन कुन होटलमा टाँसियो खाद्य स्वच्छता स्टीकर ?

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले दमौलीमा सञ्चालित छ वटा होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छता स्टीकर टाँस गरेको छ । होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम कार्यालयले होटल तथा रेष्टुरेन्टको वर्गीकरणका लागि ती होटल तथा रेष्टुरेण्टमा खाद्य स्वच्छता स्टीकर टाँस गरेको हो । दमौलीमा सञ्चालित प्रेरणा नेवा खाजा घर र लाङ्घाली होटलमा उत्तम 'ख', ट्रान्जिट रेष्टुरेण्ट, मटन तास घर र हाइफाइभमा सन्तोषजनक 'ग'र श्रेष्ठ खाजा घरमा सामान्य… पुरा पढौ

पहाडकी रानी बन्दीपुरमा अव पर्यटकलाई पार्किङको समस्या छैन

पहाडकी रानी उपनामले प्रख्याती कमाएको तनहुँको बन्दीपुरमा पर्यटकको बढ्दो आवागमनलाई मध्यनजर गदै बसपार्क निर्माण गरिएको छ । बन्दीपुर गाउँपालिकाले सार्वजनिक जग्गाको अभाव भएकाले मासिक रु तीन हजार बुझाउने गरी १५ वर्षको लागि पाँच रोपनी जग्गा भाडामा लिएर बसपार्क निर्माण गरेको हो । गाउँपालिकाले जग्गा भाडामा लिएर भए पनि बसपार्क निर्माण कार्य गरिदिए पछि बन्दीपुरका पर्यटन व्यवसायी खुशी भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । उनका अनुसार बन्दीपुरमा धेरै सवारीसाधन… पुरा पढौ

लगातारको वर्षाले जिसस पर्वतको भवन भत्कियो

लगातारको वर्षाले जमीन भासिँदा जिल्ला समन्वय समिति (जिसस) पर्वतको भवन भत्किएको छ । जिससको भवनमा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका दुई वठा कार्यकक्ष पूर्णरूपमा चर्किएर क्षति पुगेको हो । जिल्ला प्रशासन कार्यालयको विपत् व्यवस्थापन समितिअन्तर्गत सञ्चालनमा आएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बिहान ५ बजेको समयमा जमीन भासिएपछि भत्किएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी चण्डीका गणमा कार्यरत हवल्दार नरबहादुर भण्डारी सुतिरहेको अवस्थामा उक्त भवन भत्किएको हो । भवनबाट… पुरा पढौ

लमजुङ-मनाङ जोड्ने पुल बाढीले बगायो

हिमाली जिल्ला मनाङ जोड्ने म्यार्दीखोलामाथिको बेलिब्रिज बाढीले बगाएको छ । गत वर्षमात्रै निर्माण गरिएको पुल बगाएपछि मनाङसँग सडक सम्पर्क विच्छेद भएको छ । लमजुङ र मनाङ सिमानाको म्यार्दीखोलामा आइतबार दिउँसो एक्कासी आएको बाढीले म्यार्दीको पुल बगाएको स्थानीयले बताएका छन्। पुल बगाएपछि यात्रु अलपत्र परेका छन्। मनाङबाट बेंसीसहर आउँदै गरेका चीन घलेका अनुसार म्यार्दी खोलाले पुल बगाउँदा सवारी साधनहरू रोकिएका छन्। सडक निर्माण भएको एक दशकपछि हिमाली जिल्ला मनाङ जोड्न लमजुङ… पुरा पढौ

अर्को सूचना नआएसम्मका लागिगण्डकी प्रदेशसभा स्थगित

गण्डकी प्रदेशसभाको आइतबारको बैठक सूचना टाँसेर स्थगन भएको छ । असार ६ गते पनि स्थगन भएको बैठक आइतबार दिनको १२ बजेका लागि बैठक तोकिएकामा अर्को सूचना नआएसम्मका लागि भनेर बैठक स्थगन गरिएको हो । आइतबार दिनको १२ बजेका लागि तोकिएको प्रदेशसभाको बैठक विशेष कारणबस स्थगन गर्नुपर्ने भएकाले गण्डकी प्रदेशसभा, प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगन भएको सूचनामा उल्लेख गरिएको छ ।… पुरा पढौ

कालीगण्डकी नदीमा अव नदीजन्य पदार्थ उत्खनन गर्न नपाईने

पर्वतको जलजला गाउँपालिकामा भदौ १५ सम्म कालीगण्डकीबाट नदीजन्य वस्तु उत्खननमा रोक लगाइएको छ । गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले असारदेखि भदौ १५ सम्म नदीमा उत्खनन पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो । यसअघि कालीगण्डकी नदीमा गाउँपालिकाकै मिलेमतोमा नदीबाट स्काभेटर प्रयोग गरी ढुङ्गा, गिट्टी, बालुवाको अवैध उत्खनन भएको आरोप खेप्दै आएको जलजला गाउँपालिकाले यसपटक वर्षायामका तीन महीना पूर्णरुपमा उत्खनन रोक्ने निर्णय गरेको हो । पर्वतमा नदीजन्य पर्दाथको सबैभन्दा बढी उत्खनन हुने… पुरा पढौ

पर्वतस्थित एशियाकै ठूलो शिला विकासका लागि डिपिआर तयार

एशियाकै ठूलो शिला भनी दाबी गरिएको पर्वत स्थित महाशिलाको पर्यटकीय विकासको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार पारिएको छ । महाशिला गाउँपालिकामा रहेको पर्यटकीय गन्तव्यको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने योजनाकाले डिपिआर तयार पारिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले जानकारी दिए । विशेषतः प्राकृतिक उपचार योग साधनसहित दुनियाँको शान्ति प्राप्तिको गन्तव्यस्थल निर्माणका लागि शिलामा १०८ फिट अग्लो हुने गरी भगवान् शिवको मूर्ति निर्माण गर्ने योजना अगाडि सारिएको छ । यस्तै,… पुरा पढौ

आधा बर्षमा ४६ आपराधिक घटना

बागलुङ जिल्लामा छ महीनामा आपराधिक र मानवअधिकार उल्लङ्घनका ४६ घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० बागलुङको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उक्त तथ्य सार्वजनिक भएको हो । सबैभन्दा बढी घरेलु हिंसाका २१ घटना छन् । जसमध्ये ११ घटना मिलापत्रमा टुङ्गिएका छन् । तीन घटना अदालत पुगेको र बाँकी प्रक्रियामा छन् । इन्सेकद्वारा सार्वजनिक विवरणमा जबर्जस्ती करणीका सात र करणी उद्योगका नौ घटना भएका छन् । राजनीतिक अधिकारसम्बन्धी एक, धम्की… पुरा पढौ

कोरला छेउमा ट्रक पल्टिदा १ गम्भीर घाइते

शनिबारबाट सुरु भएको नेपाल–चीन अन्तरदेशीय मेलाबाट निर्माण सिमेन्ट लोड गरेर लोमान्थाङतर्फ फर्कदै ट्रक दुर्घटना हुँदा १ जना गम्भीर घाइते भएका छन् । ग१ख ५५६० नम्बरको मालवाहक ट्रक शनिबार अपरान्ह ५ बजे लोमान्थाङ गाउँपालिका ४ स्थित नेचुङ खोलामा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीका अनुसार दुर्घटनामा परी लोमान्थाङ गाउँपालिका ३ ठिङ्गर बस्ने वर्ष ४९ का घ्याचो गुरुङ गम्भीर घाइते भएका छन् । घाइते गुरुङको टाउको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं