पोखरा महानगरमा प्रज्ञा प्रतिष्ठान बनाउन ५० लाख

गण्डकी सरकारले प्रज्ञा प्रतिष्ठान गठनका लागि विधेयक बनाउँदै गर्दा पोखरा महानगरले प्रदेशलाई उछिनेको छ । यसका लागि महागरले ५० लाख विनियोजन गरेको छ ।

महानगरले स्थानीय भाषामा कक्षा सञ्चालनको लागि आवश्यक पाठ्यक्रम तर्जुमा गरी सम्बन्धित भाषाभाषीहरुको बाहुल्यता रहेका क्षेत्रका विद्यालयमा लागू गर्ने भएको छ । यस्तै, परम्परागत तथा मौलिक पेशा, व्यावसाय र लोपोन्मुख कला, ज्ञान र सीपको पहिचान गरी सोको संरक्षण र सम्वद्र्घन लागि पनि महानगरले बजेट छुट्याएको छ ।

उपप्रमुख एवं बजेट तथा योजना तर्जुमा समिति संयोजक मञ्जुदेवी गुरुङले पाँचौ नगरसभामा आर्थिक वर्ष २०७६÷७७ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । शिक्षा, स्वास्थ्य, भाषा, संस्कृति, कला साहित्य आदिको विकासमा योगदान पु¥याउने व्यक्तित्वलाई महानगर स्थापना दिवसको अवसरमा नवरत्न सम्मानद्वारा सम्मानित गरिने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २७ अर्चेलस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गरिने भएको छ । यसका लागि ५० लाख विनियोजन गरेको भएको छ ।