पोखरा महानगरको गेटमा कांग्रेस जनप्रतिनिधिको ताला

पोखरा महानगरपालिकाको गेटमा बिहीबार ताला लगाइएको छ ।

महानगरले पाँचौं नगरसभामा प्रस्तुत गरेको वार्षिक बजेट विवरण ९रेडबुक० र मेयर मानबहादुर जीसीको अभिव्यक्ति सच्याउनु पर्ने माग राख्दै कांग्रेसनिकट जनप्रतिनिधिले महानगरको मूलद्वारमा ताला लगाएका हुन् ।

नगरसभाको चौथो दिन बुधबार महानगरले रेडबुक प्रस्तुत गरेको थियो । उक्त रेडबुकमाथि छलफल नै नभई पारित गरिएको र त्यसबारे कुरा राख्दा मेयर जीसीले धम्कीपूर्ण अभिव्यक्ति दिएको विपक्षी जनप्रतिनीधिहरुको आरोप छ ।

बजेट र अभव्यिक्ति नसच्याएसम्म आन्दोलन गर्ने र अटेर गरे आन्दोलन थप सशक्त बनाउने उनिहरुले चेतावनी दिएका छन् । रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि नदिइएको पोखरा–,९ का वडाध्यक्ष रामराज लामिछानेले गुनासो गरेका छन् ।

बुधबारको नगरसभा बैठकमा मेयर जीसीको प्रस्तावपछि कांग्रेसनिकट वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै ११ वडाध्यक्षसहित ४८ जनाले रेडबुक च्यातेर फ्यालेका थिए । बजेट वडास्तरीय आए पनि नगरस्तरीय नआएको उनीहरुको आरोप छ ।

पोखरा ४ शंकर बास्तोलाले मेयरले रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै कुर्ची र सोफा फालेका थिए । नगरसभामा राखिएको एअर कुलरसमेत लडाएका थिए । पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । उक्त बजेटमाथि बुधबार छलफलपछि विनियोजन विधेयक पारित भएको छ ।