जिल्ला सैनिक बोर्ड बागलुङको गेटमा शंकास्पद वस्तु फेला

बागलुङ नगरपालिका ३, जिल्ला सैनिक बोर्ड बागलुङको गेटमा शंकास्पद वस्तु फेला परेको छ ।

शंकास्पद वस्तु फेला परेपछि जनजीवन त्रसित भएको छ । मंगलबार नेपाल बन्दा आह्वान गरेको विप्लव नेतृत्वको नेकपाले शंकास्पद वस्तु राखेको अनुमान गरिएको छ ।

शंकास्पद वस्तु फेला परेको स्थान प्रहरीले नियन्त्रण लिइसकेको र डिस्पोज गर्ने तयारी नेपाली सेनाले गरीरहेको छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।