गण्डकी सेरोफेरो

प्रदेश सरकारले भेडा मरेका कृषकलाई भेडा नै दियो

गण्डकी प्रदेश सरकारले भेडा मरेका कृषकलाई क्षतिपूर्तिका रुपमा भेडा नै उपलब्ध गराइएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई प्रदेश सरकारले २८ भेडा वितरण गरेको हो । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आकस्मिक सेवाअन्तर्गत कृषकलाई रु दुई लाख ८० हजार बराबरको सो सङ्ख्यामा भेडा सहयोग गरिएको प्रदेशसभा सदस्य धनञ्जय दवाडीले बताए । उहाँले प्रदेश सरकारको सहयोगले कृषकको मनोबल बढ्ने विश्वास ब्यक्त गरे । व्यवसायमा जोखिम… पुरा पढौ

भोजमा माछा खाएकाहरु एकैपटक ४१ जना बिरामी

विवाहमा भोज खाएपछि तनहुँमा ४१ जना विरामी भएका छन् । भानु नगरपालिका–३, खहरेका धनराज श्रेष्ठको घरमा उनको छोराको भात खुवाइको अवसरमा भोजा खाएकाहरु विरामी भएका हुन् । स्थानीयवासीले विहिबार भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायत खाएका थिए । भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले माछा खाएका मात्रै बिरामी परेको बताए । बिरामी परेका स्थानीयवासीलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको छ । बिरामीमध्ये तीनलाई थप उपचारका लागि… पुरा पढौ

आज धान दिवस – यसरी हुदैछ पोखरामा रोपाइँ महोत्सव

आज असार १५ अर्थात् धान दिवस । आज दहिचिउरा खाएर धान रोपाइँ गरेर मनाउने गरिन्छ । यस अवसरमा पोखरा पर्यटन परिषदले बर्सेनि असार १५ लाई पोखराका विभिन्न फाँटमा रोपाइँ महोत्सवका रुपमा मनाउँदै आएको छ । परिषदको आयोजनामा यसपटक पनि पोखरा-१७ महतगौंडामा रोपाइँ महोत्सव भइरहेको छ । असारे १५ मा हल गोरु दौडाउने, हिलो छ्यापाछ्याप गर्दै रमाउने, हिलोमै माछा समाउने, दही चिउरा खानेको भीड महतगौंडामा लागिरहेको छ । महतगौंडा विरुवाफाँटमा किसान… पुरा पढौ

नक्कली किसानको बिगबिगी छ : कृषिमन्त्री

गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले सक्कलीभन्दा नक्कली किसानको बिगबिगी रहेकाले यसको अन्त्य हुनु जरुरी रहेको बताएका छन । बेँसीशहर नगरपालिका–७ मा आज पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय लमजुङको समन्वयमा आयोजना गरिएको ‘एक गाउँ एक पशु सेवा’ प्राविधिकहरुलाई सेवा सञ्चालनका उपकरण वितरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गण्डकी प्रदेशको आर्थिक सहयोगमा टुल… पुरा पढौ

५ वर्षदेखि रोकिएको राहुघाट जलविद्युत् आयोजना पुन निर्माण सुरु

पाँच वर्षदेखि रोकिएको म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण कार्य पुन सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले विसं २०६६ देखि शुरु गरेको आयोजनाको काम तत्कालीन ठेकेदार कम्पनी आइभिआरसियल टाट पल्टिएपछि २०७१ सालदेखि रोकिएको हो। पाँच वर्षमा करीब १० प्रतिशत मात्र काम भएको थियो । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले कम्पनी मोडलमा बन्न लागेको राहुघाटको पिप्लेस्थित अडिट नं ३ मा सुरुङ निर्माणको काम… पुरा पढौ

नगरभित्र एउटा घर बनाउदा दुई बिरुवा अनिवार्य रोप्नु पर्ने नियम

सर्वसाधारणले नयाँ घर निर्माण गर्दा दुई वटा बिरुवा अनिवार्य रोपण गर्नुपर्ने नियम तनहुँको व्यास नगरपालिकाले लागू गरेको छ । हरियाली नगर बनाउने उद्देश्यका साथ नगरपालिकाले घर निर्माण सम्पन्न प्रमाणपत्र लिनुअघि न्यूनतम दुई वटा बोटबिरुवा रोपण गर्नुपर्ने नीति ल्याएको हो । नगरपालिकालाई हरियाली नगर बनाउने उद्देश्यका साथ बिरुवा रोपण अभियान सञ्चालन गर्न लागिएको उपप्रमुख मीरा जोशीले जानकारी दिइन् । नगरपालिकाका सबै वडामा रहेका सडकको वर्गीकरण गरी सडक किनारामा हरियाली प्रवद्र्धनका लागि… पुरा पढौ

पत्रकारले नै पत्रकार महासंघ शाखा कार्यालयमा ताला लगाए

नेपाल पत्रकार महासंघ नवलपुरको शाखा कार्यालयमा शुक्रबार तालाबन्दी गरिएको छ । तत्कालिन प्रेस चौतारी, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, डब्लुडब्लुजे, फोनिज र वातावरण पत्रकार मञ्चले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ नवलपुरविरुद्ध आन्दोलन गर्दै तालाबन्दी गरेको हो । नेपाल पत्रकार महासंघ नवलपुर शाखाको आर्थिक पारदर्शीता हुनुपर्ने लगायतका माग राख्दै नवलपुरका पत्रकार संगठनहरु आन्दोलित हुदै आईरहेका छन् । उनीहरुले नेपाल पत्रकार महासंघ नवलपरासीको संयुक्त साधारण सभाले पास गर्न नसकेको आर्थिक प्रतिवेदन पुनःछलफलमा… पुरा पढौ

बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’

पछिल्लो समयमा शहर होस या गाँउ हरेक स्थानमा अन्धविश्वासले जरा गाड्दै गईरहेको बोक्सी कुप्रथाले ज्युदै मारिएका अथवा सामाजिक यातना सहदै आईरहेको विभिन्न सञ्चार माध्यमहरुमा समचारहरु आईरहेका हुन्छन् । यसै समस्यालाई मध्येनजर गरि स्याङ्जाको गल्याङमा बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको अभियानअन्तर्गत बोक्सी कुप्रथाका विरुद्ध जनचेतना जगाउने उद्देश्यले सामाजिक वृत्तचित्र ‘अग्नि दहन’ प्रदर्शन गरिएको हो । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल र सामाजिक विकास… पुरा पढौ

कालिगण्डकी नदीले बगाएर एक बेपत्ता, एकको उद्धार

तनहुँको देवघाट गाउँपालिका–५ स्थित कालीगण्डकी नदीले बगाउँदा बिहीबार साँझ एक बेपत्ता भएका छन् । अर्का एक जनाको भने जीवितै उद्धार गरिएको छ । कालीगण्डकी नदीको किनारमा पौडी खेल्ने क्रममा नदीले बगाएर काठमाडौँ वनस्थली बस्ने २१ वर्षीय किरण घिमिरे बेपत्ता भएका हुन् । घिमिरेसँगै पौडी खेलेका चितवन भरतपुर महानगरपालिका–११ बसेनी बस्ने २३ वर्षीय शिवहरि सुवेदीलाई भने जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।… पुरा पढौ

बाढीका कारण अस्पताल चोक उच्च जोखिममा

नेपालमा मनसुन भित्रिएसंगै लगातार जसो वर्षा भैरहदा म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारको अस्पताल चोक बाढीको उच्च जोखिममा परेको छ । वातावरणीय असरको ख्यालै नगरी गत हिउँदमा अस्पताल चोकदेखि जामुनाखर्कसम्म खनिएको अव्यवस्थित सडकका कारण अस्पताल चोक बाढीको उच्च जोखिममा परेको हो । बर्खासँगै नाली नभएको सडकबाट दैनिकजसो बाढी आउन थालेको छ । बुधबार अपराह्न ४ बजे आएको बाढीले अस्पतालचोक र कालीपुलका घर तथा पसलमा क्षति पुगेको छ । कालीपुल बसपार्क क्षेत्रमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं