पृथ्वी राजमार्गको पोखरा– मुग्लिनखण्ड स्तरोन्नति हुने भएको छ।
करिब ५ दशक अघि निर्माण भएको उक्त सडकखण्ड पहिलो पटक सरकारले एशियाली विकास बैंकको ऋण सहयोगमा ३ वर्षभित्र ४ लेनको सडक बनाउन लागेको हो।
सन् १९७४ मा चीन सरकारको सहयोगमा बनेको सडक सामान्य मर्मत गरे पनि पूर्ण स्तरोन्नति भएको थिएन।जसका लागि सरकारले राजमार्गको मापदण्डअनुसार जग्गा अधिग्रहण गरिसकेको छ। सडक बोर्डका अनुसार अब केही दिनमा नै सकड स्तरोन्नति का लागि टेण्डर आह्वान गर्ने बोर्डका तर्फबाट एडीबीका प्रोजेक्ट डाइरेक्टर दीपक श्रेष्ठले बताए ।
उनका अनुसार शहरी क्षेत्रमा ६ लेनको सडक बन्छ भने अरु ठाउँमा डेडिकेटेड ४ लेन हुनेछ। शहरी क्षेत्रमा भने ६ लेनको सडक बन्नेछ। दुईतिर सर्भिस लेन, फुटपाथसहित बजारी क्षेत्रमा ४२।५ मिटर चौडा र अरु ठाउँमा १८ मिटर फराकिलो बाटो बन्नेछ। ८८ किलोमिटर लामो सडकलाई दुई खण्डमा बाँडेर स्तरोन्नति गरिनेछ ।
उनका अनुसार पहिलो फेजमा आँबुखैरेनीदेखि पोखरासम्म ८० किलोमिटर सडक स्तरोन्नति हुनेछ । यसका लागि डिजाईन समेत तयार भईसकेको छ । आँबुखैरेनीदेखि मुग्लिनसम्मको खण्डमा काम गर्न निकै कठिन हुने उनको भनाई छ । यसका लागि भने डिजाइन बनिसकेको छैन।
आँबुखैरेनी खण्डमा अहिले भैरहेको बाटो भन्दा फरक ट्रयाक बनाउने तयारी छ। मुग्लिनबाट दुई लेनको सडक गोरखा छिराएर मस्र्याङदी पावरहाउस नजिक जोड्ने गरी डिजाइन बनिरहेको छ । पूरा लम्बाइमध्ये ६६ किलोमिटर ४ लेनको सडक हुनेछ भने २२ किलोमिटर ६ लेनको बन्नेछ। मुग्लिन(पोखरा सडक पुर्णरुपमा स्तरोन्नति गर्न करिब २८ अर्ब लाग्ने प्रारिम्भक अनुमान गरिएको छ।






