ताजा समाचार

असार १५ गते २०७६

दामोदरकुण्ड जाने बाटोमा साँधुको निधन

समून्द्री सतहदेखि करिब ५ हजार मिटर उचाईमा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल दामोदरकुण्ड जाने क्रममा भारतीय साँधुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले साँधुको हाईअल्टिच्युडका कारण मृत्यु भएको उल्लेख गरेको छ ।

लोघेकर दामोदरकुड गाउपालिका ४ स्थित धिमी ठाटीबाट दामोदरकुण्ड जाने भिरालो बाटोमा साधुको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीका अनुसार परिचयपत्रका आधारमा शव उत्तर प्रदेश भारत गोरखपुरका जयराम दास त्यागीको भएको खुलेको छ । उनको उमेर करिव ७५ वर्ष छ ।

मुस्ताङको अत्यन्तै विकट स्थानमा वरपर कुनै मानवबस्ती समेत नरहेकाले प्रहरीले ढिलो गरी सूचना प्राप्त गरेको हो । बेवारिसे मृत लाश भएको खबर पाएपछि प्रहरी चौकी सुरखाङको टोली शनिबारमात्रै घटना स्थल पुगेको थियो ।

लाशको पोष्ट मार्टम गर्न सदरमुकाम ल्याउन असम्भव देखिएपछि प्रहरीले स्थानीय जनप्रतिनिधिको राहबरमा सदुगत गरेको सूचना अधिकारी रेग्मीले बताए । मृत अवस्थाका साधुको आफन्तलाई सम्पर्क गर्ने प्रयास गरिएपनि कोही सम्पर्क गर्न नआएको प्रहरीको भनाई छ ।