गण्डकी सेरोफेरो

मनसुनले मौसम बिगार्दै, जताततै सचेत रहनु पर्ने

असारको अन्तिम भइसक्दासम्म समेत राम्रोसंग वर्षा नहुँदा यसपाली धेरै खेत बाँझै छन् । यसपटक सरकारले समेत पूरै खेतमा रोपाई हुने सम्भावना नरहेको बताएको छ ।  मौसम पूर्वानुमान महाशाखाले ढिला गरी मनसुन सक्रिय भएको बताएको छ । महाशाखाका अनुसार अहिले जारी मनसुन कम्तीमा तीन दिन रहने छ ।  तर यो मनसुनी वर्षाले क्षति भने बढी नै गराउन सक्ने महाशाखाको अनुमान छ । सोमबारदेखि निरन्तर वर्षा भइरहेको छ । राति विशेषगरी पश्चिमी… पुरा पढौ

देशभर मनसुन सक्रिय, गण्डकी प्रदेशका नदीमा खतरा !

मनसुन सक्रिय भएसँगै आगामी ४ दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा (पानी पर्ने प्रणाली) उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए । उक्त न्यून चापीय प्रणाली ४/५ दिनसम्म रहन सक्ने र त्यसपछि दक्षिणतिर सर्ने भएकाले नेपालमा भन्दा भारतमा वर्षा बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।… पुरा पढौ

दाजुभाइको झगडापछि हिराबहादुरको बास ओढारमा, उद्धार कहिले ?

ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा अत्यन्त टीठ लाग्दो अवस्थामा भेटिन्छन् ६५ वर्षीय हिराबहादुर पूर्जा । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका हिराबहादुर विगत १ महीनादेखि ओढारमा बस्दै आएका छन् । घरजग्गा केही नभएका (सुकुम्वासी) पूर्जा यसअघि आफ्ना दाजु लोदे पुर्जासँगै तिप्ल्याङमा अर्कैको घरको एउटा कोठामा बस्थे । ८० वर्षीय दाजु लोदेसँग झगडा भएपछि उनी गत जेठको अन्तिम सातादेखि ओढारमा… पुरा पढौ

तिलिचो दुरी छोटिदै , नमखुलेकसम्म सडक पुर्याईने

विश्वकै अग्लो उचाईमा अवस्थित तिलिचो तालको दुरी अब छोटिने भएको छ । जोमसोम देखि ठिनी हुँदै तिलिचो सडक बिस्तार गरिन थालेपछि यस्को दुरी छोटिन लागेको हो । मुस्ताङतर्फको तिलिचो ताल जाने बाटो नमुखलेक सम्म सडकको पहुच पू¥याउन गण्डकी प्रदेशले बजेट बिनियोजन गरेको हो । पूर्वाधार बिकास कार्यालय म्याग्दीले चालु आर्थिक बर्ष २०७५ ÷ २०७६ मा ५० लाख बजेट बिनियोजन गरेकोमा पूनः आ.व. २०७६÷२०७७ मा ६५ लाख बजेट बिनियोजन गरेको पूर्वाधार… पुरा पढौ

उपल्लो मुस्ताङको सबै गाउँमा मोटर बाटो

हिमालपारीको जिल्ला मुस्ताङको विकटक्षेत्र माथिल्लो मुस्ताङका गाउँ–गाउँमा मोटर बाटो पू¥याईएको छ । यसअघि सडक सञ्जालले नछोएको ध्ये र ताङग्येमा शुक्रबार सडक पू¥याईएपछि उपल्लो मुस्ताङ सडकमैत्री भएको हो । ध्ये – ताङ्ग्ये तथा छोसेर र– समजुङमा पहिलो पटक सडक पुगेपछि स्थानीय खुसी भएका छन् । समजुङका स्थानीय छिरिङ गुरुङले सडक बिस्तारले गाउलेलाई दैनिक आउजाउ र खाद्यान्न ओसार पोसार गर्न सजिलो हुने बताए । संघीय सरकारको पहलमा भएको सडक बिकासले जनताको जिवनस्तरमा… पुरा पढौ

मुस्ताङी खुर्पानी पर्यटकको रोजाई

मुस्ताङको जोमसोममा खुर्पानी बेच्नेको चटारो चलेको छ । चिसो हावापानीमा फलाईने हिउदे पतझड फल खुर्पानी स्वास्थ्यवद्र्धक तथा स्वादिलो भएकाले पर्यटकको रोजाई बनेको हो । मुस्ताङका ठाउँ–ठाउँमा खुर्पानी बिक्री गर्न राखिएको छ । मुस्ताङ घरपझोङ ३ स्याङ गाउ बस्ने माईली तामाङ्नीको दैनिकी पनि यतिबेला खुर्पानी बिक्री गर्नमै बितेको छ । उनले ल्याएका खुर्पानी मुस्ताङ आएका पर्यटकले किनेर लान्छन् । बिहानै डोको भरी खुर्पानी बोकेर जोमसोम पू¥याउनु उनको पेशा बनेको छ ।… पुरा पढौ

मृतक बालकको परिवारलाई आर्थिक सहयोग

इँटाभट्टाको पोखरीमा डुबेर मृत्यु भएका तनहुँको म्याग्दे गाउँपालिका–२ ऋषिथुमका दुई बालकको परिवारलाई आर्थिक सहयोग गरिएको छ । सोही वडाको जामुनेस्थित माछापुच्छ«े इँटाभट्टाको पोखरीमा डुबेर मृत्यु भएका सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाहीको परिवारलाई न्यू भिजन युवा क्लबको सक्रियतामा रु ४० हजार प्रदान गरिएको हो । युवा क्लबका अध्यक्ष सन्दीप रानाभाटले उक्त रकम शनिबार मृतकका बाबु कृष्णबहादुर शाहीलाई घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ । दुःखको घडीमा पीडित परिवारलाई… पुरा पढौ

जोशी कांग्रेसद्वारा रामचन्द्र पौडेलमाथि कारवाही !

पूर्व गृहमन्त्री समेत रहेका गोविन्दराज जोशी पक्षको कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई कारवाही गरेको छ । शुक्रबार मात्रै जोशी कांग्रेसले नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले  रामचन्द्र पौडेल लगायतका नेतालाई कारबाही गरेको हो । जोशी कांग्रेसले नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँको लेटर हेड मै विज्ञप्ति जारी गर्दै कारवाही गरेको जनाएको छ । विज्ञप्तिमा जोशी कांग्रेसलाई सहयोग नगरेकोेले पार्टीको जिल्ला अनुशासन समितिले केन्द्रीय सदस्य नेता पौडेल, शंकर भण्डारी, महासमिति सदस्यहरू ध्रुव वाग्ले,… पुरा पढौ

मकै पोलेर जिबिकोपार्जन (फोटो कथा )

अहिले मकैको सिजन । सडक पेटी मा मकै पोलेर बेच्ने र पोलेका मकै मिठो मानेर खानेहरु धेरै हुन्छन् । चाहे पोलेर होस् वा उसिनेर मानिसहरु दुधालु मकै खान रुचाउँछन। शहरमा बश्ने र आँफै उब्जनी नगर्ने हरुलाई मकै झन रहर बनेको छ । पोलेको मकै खाँदा स्वादिलो मात्र होइन निकै पोषणयुक्त हुन्छ । मकैमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सन्तुलित बनाउँदछ । यसमा फोलिक एसिड, प्रोटिन तथा कार्बोहाइड्रेट जस्ता… पुरा पढौ

समाजसंग हातेमालो गर्दै अघि बढ्न प्रहरी प्रतिवद्ध : घिमिरे

गण्डकी प्रदेशमा हालै मात्र आएका प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जनता र प्रहरी बीचको समन्वयात्मक भूमिकाबाट मात्रै समाजलाई अपराध मुक्त बनाउन सकिने बताएका छन् । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले अब समुदाय र प्रहरी हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । साथै नागरिकको सहयोग विना प्रहरी एक्लै समाजमा सफल हुन नसक्ने भन्दै उनले समाजसंग हातेमालो गर्दै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं