गण्डकी सेरोफेरो

खानेपानी डिभिजन स्याङ्जाका इन्जिनियरलाई भ्रष्टाचार मुद्दा

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत इन्जिनियर अख्तर मोहम्मदविरुद्ध अख्तियारले मंगलबार मुद्दा दायर गरेको छ । खानेपानी आयोजनाको भुक्तानी दिएकोमा विभिन्न बहाना बनाई सेवाग्राहीसँग कमिशन वापत माग गरिरहेका उनलाई अख्तियार पोखराबाट खटिई गएको टोलीले नगद ४ लाख घुससहित नियन्त्रणमा लिएको थियो । खानेपानी आयोजनाको कामका लागि सेवाग्राहीसँग निकासा भएको रकमबाट १८ देखि २० प्रतिशत रकम कमिशन बापत माग गरेको पुष्टि भएको अख्तियारले जनाएको छ मोहम्मदलाई बिगो ४ लाख कायम… पुरा पढौ

गाउँपालिकामा गज्जवको अभियान : पद र मदिरामध्ये १ छोड्नैपर्ने

‘सामाजिक विकृति विरुद्धको अभियान’ थालेको बडिगाड गाउँपालिकाले अभियानको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न तहमा कडाइ गर्न थालेको छ । विकृतिको पहिचान गरी त्यसका विरुद्ध प्रहार गर्ने नीति लिएको गाउँपालिकाले जागरण अभियानसँगै गाउँका गतिविधिमा समेत कडाइ गर्न थालेको हो । पहिलो चरणअन्तर्गत चलाएको विकृति पहिचान अभियानमा सामाजिक विकृतिहरूमा गाउँका ठूलाबडाकै संलग्नता रहेको पाइएपछि कडाइ थालिएको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताए । गाउँकार्यपालिकाले पाँचौँ गाउँसभामा उपभोक्ता समितिमा बस्ने जो कोहीले मदिरा तथा मदिराजन्य… पुरा पढौ

महिलाले थाले सामूहिक टिमुर खेती

स्याङजाका महिलाले सामुहिक टिमुर खेती थालेका छन् । गल्याङ नगरपालिका–१० लाखुडाँडा र भिरालेका महिलाले यस्तो जमर्को गरेका हुन् । ५० घरधुरीले देवीभञ्ज्याङ टिमुर ब्यवसायी कृषक समूह गठन गरेका हुन् । अन्य खेती लगाउँदा बाँदरले नष्ट गरिदिने भएकाले टिमुर खेती विकल्प बनेको छ । समूहकी अध्यक्ष खगीसरा गाहाले पहिलो चरणमा २ हजार ४०० टिमुरका बिरुवा रोपिएको बनाइन् । आगामी वर्षहमा अझै विस्तार गर्दै लैजाने तयारी छ । टिमुरका लागि यहाँको हावापानी… पुरा पढौ

मस्र्याङ्दी किनारमा शव फेला, सेतीमा हाम फाली १ बेपत्ता

गोरखाको पालुङटार नगरपालिकाको मस्र्याङ्दी किनारमा शव फेला परेको छ । परिचय नखुलेको ३५÷४० वर्षको पुरुषको शव बिहीबार फेला परेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता, तनहुँको ऋषिङ १ झापुटारका हीराबहादुर आले सेती नदीमा हाम फाली बेपत्ता भएका छन् । करिब ६२ वर्षका उनी घर नजिकैको नदीमा बेपत्ता भएको र उनको खोजी जारी गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पुरा पढौ

दोर्दीको वितण्डा, ४ को मृत्यु ७ बेपत्ता

लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो आएको बाढीबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । बाढीमा परी ७ जना बेपत्ता छन् । दुई शव दोर्दी गाउँपालिका ४ नौथर शेरा नजिकै भेटिएका छन् । दिउँसो एक्कासी बाढी आउँदा स्थानीय तथा निर्माणधिन जलविद्युत आयोजनामा कार्यरत कामदारको भागाभाग भएको थियो । लेकबाट एक्कासी पहिरो आएको र त्यसक्षेत्रका स्थानीय भागाभाग भएको बताइएको छ । । बाढीले निर्माणधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनामा क्षति गरेको… पुरा पढौ

छिमेकीको भैँसीले हान्दा वृद्धको मृत्यु

छिमेकीको भैँसीले हानेर एक् जना बृद्धको मृत्यु भएको छ । बागलुङको भकुण्डेमा छिमेकीको भैँसीले हानेर बागलुङ नगरपालिका वडा नं। १० भकुण्डेका ८० वर्षीय छविलाल सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । भैँसी फुत्केर आएर हानेको थियो । मंगलवार दिउसो मृतक सार्कीका छिमेकी प्रेम बहादुरको गोठमा बाँधेको भैँसी अचानक फुस्केर आएपछि ८० वर्षीय सार्कीलाई हानेको थियो । भैँसीले हानेर बेहोस भएका सार्कीको उपचारका लागि ल्याउँदै गर्दा मत्यु भएको थियो । पुरा पढौ

विद्या मन्दिरमा आर्थिक चलखेल, संयोजक राखेर नियमविपरीत भक्ता

विद्या मन्दिर माविमा २०६१ सालदेखि नै उच्च मावि तर्फको संयोजक राखेर भत्ता र अतिरिक्त तलब खाने गलत चलन शुरु भएको थियो । तत्कालिन प्रअ ऋद्धिराज अधिकारीको पालादेखि उमाविको संयोजक तोकिएको थियो । सोही समयदेखि विद्यामन्दिरमा १० जोड २ को कक्षाहरु संचालनमा आउन थालेका हुन् । संयोजकलाई तत्कालिन समयमा मावि द्वितीय श्रेणीसरह तलब दिने गरिएको थियो । यो तलब सरकारी कर्मचारीतर्फ उपसचिव सरह थियो । यो तलब ४ पिरियड बराबरको पारिश्रमिकको… पुरा पढौ

अभिभावकीय भूमिका निर्वाह गर्छु : श्रीमाया थकाली

नेकपा मुस्ताङको पहिलो राजनीतिक शक्ति हो । आइतबारको नेकपा सचिवालय बैठकले श्रीमाया थकालीलाई मुस्ताङ इन्चार्जको जिम्मेवारी दियो । यहाँ सहइन्चार्ज छानिएको छैन । साबिक एमालेबाट इन्चार्ज थकाली बनेकी हुन् । कुनै जिल्लामा १० जनासम्म सहइन्चार्ज छन् तर यहाँ सहइन्चार्जको जिम्मेवारी कसैलाई दिइएको छैन । इन्चार्ज थकाली आफूले भावनात्मक एकता कायम गर्ने गरी काम गर्ने बताउँछिन् । उनले भनिन्, ‘सबैलाई समेटेर अभिभावकीय भूमिका निर्वाह गर्छु । मुस्ताङको विकास र समृद्धिका लागि… पुरा पढौ

बन्दिपुरमा जेसीज कार्यकारिणी उपाध्यक्षको प्रथम भेला

युवा जागरण र नेतृत्वमा निखार ल्याउने उदेश्यले जेसीज वर्ष २०१९ मा एरिया बी कार्यकारिणी उपाध्यक्ष भेला तनहुँको बन्दिपुरमा भएको छ । बिहीबार सुरु भएको भेला शनिबार सकिएको हो । १८ देखि ४० बर्ष उमेर समूहका युवाको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था हो जेसीज । कार्यक्रममा बन्दीपुरकै घाँसी युवा क्लबले सास्कृतिक नृत्यबाट स्वागत गरेको थियो । नेपाल जेसीज वर्ष २०१९, एरिया बीका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेशचन्द भुषालको प्रमुख आतिथ्यता… पुरा पढौ

खुट्टाले लेखेर भविष्य खोज्दै खाम्चा

 बोल्न नसक्ने, दुबै हात चलाउन नमिल्ने तर सुन्न र देख्न राम्रो सँगसक्ने याम खाम्चा खुट्टाले लेखेर ठूलो मान्छे बन्ने सपना बोकेका छन् । पाल्पाको रामपुर नगरपालिका– १ स्थित बार्दाकोट बस्ने २१ वर्षीय खाम्चा खुट्टाले लेखेर अहिले कक्षा १० मा अध्यायनरत छन् । उनको पढ्ने क्षमता अरु विद्यार्थी भन्दा कम छैन । गर्भावस्थामा जण्डिस (कमलपित्त) रोगले ग्रसित खाम्चा औषधि उपचारको अभावमा सधैँभरी अर्काको साहारामा बाँच्नु परेको छ ।बालहित मावि आनन्दीभन्ज्याङमा पढ्ने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं