गोरखाको पालुङटार नगरपालिकाको मस्र्याङ्दी किनारमा शव फेला परेको छ । परिचय नखुलेको ३५÷४० वर्षको पुरुषको शव बिहीबार फेला परेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता, तनहुँको ऋषिङ १ झापुटारका हीराबहादुर आले सेती नदीमा हाम फाली बेपत्ता भएका छन् । करिब ६२ वर्षका उनी घर नजिकैको नदीमा बेपत्ता भएको र उनको खोजी जारी गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।




