ताजा समाचार

श्रावण १२ गते २०७६

महिलाले थाले सामूहिक टिमुर खेती

स्याङजाका महिलाले सामुहिक टिमुर खेती थालेका छन् । गल्याङ नगरपालिका–१० लाखुडाँडा र भिरालेका महिलाले यस्तो जमर्को गरेका हुन् ।

५० घरधुरीले देवीभञ्ज्याङ टिमुर ब्यवसायी कृषक समूह गठन गरेका हुन् । अन्य खेती लगाउँदा बाँदरले नष्ट गरिदिने भएकाले टिमुर खेती विकल्प बनेको छ । समूहकी अध्यक्ष खगीसरा गाहाले
पहिलो चरणमा २ हजार ४०० टिमुरका बिरुवा रोपिएको बनाइन् । आगामी वर्षहमा अझै विस्तार गर्दै लैजाने तयारी छ ।

टिमुरका लागि यहाँको हावापानी र माटो सुहाउँदो छ । बाँदरको समस्या तथा शहरीकरणसँगै यस ठाउँका केही घरहरु नजीकैको बजार वालिङ, बुटवल, पोखराजस्ता शहरहरुतर्फ बसाइ सरेका छन् ।

बसाइसराईका कारण बाँझिएका खेतीयोग्य जमीनमा अनावश्यक झाडी तथा बुट्यानहरु देखेर मनमा खिन्नता छाएकाले सामुहिक टिमुर खेती अभियान अगाडि बढाएको समूहकी सदस्य लीला सारुले बताइन् ।