छिमेकीको भैँसीले हानेर एक् जना बृद्धको मृत्यु भएको छ । बागलुङको भकुण्डेमा छिमेकीको भैँसीले हानेर बागलुङ नगरपालिका वडा नं। १० भकुण्डेका ८० वर्षीय छविलाल सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भैँसी फुत्केर आएर हानेको थियो । मंगलवार दिउसो मृतक सार्कीका छिमेकी प्रेम बहादुरको गोठमा बाँधेको भैँसी अचानक फुस्केर आएपछि ८० वर्षीय सार्कीलाई हानेको थियो । भैँसीले हानेर बेहोस भएका सार्कीको उपचारका लागि ल्याउँदै गर्दा मत्यु भएको थियो ।




