गण्डकी सेरोफेरो

मस्र्याङ्दी किनारमा शव फेला, सेतीमा हाम फाली १ बेपत्ता

गोरखाको पालुङटार नगरपालिकाको मस्र्याङ्दी किनारमा शव फेला परेको छ । परिचय नखुलेको ३५÷४० वर्षको पुरुषको शव बिहीबार फेला परेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता, तनहुँको ऋषिङ १ झापुटारका हीराबहादुर आले सेती नदीमा हाम फाली बेपत्ता भएका छन् । करिब ६२ वर्षका उनी घर नजिकैको नदीमा बेपत्ता भएको र उनको खोजी जारी गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पुरा पढौ

दोर्दीको वितण्डा, ४ को मृत्यु ७ बेपत्ता

लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो आएको बाढीबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । बाढीमा परी ७ जना बेपत्ता छन् । दुई शव दोर्दी गाउँपालिका ४ नौथर शेरा नजिकै भेटिएका छन् । दिउँसो एक्कासी बाढी आउँदा स्थानीय तथा निर्माणधिन जलविद्युत आयोजनामा कार्यरत कामदारको भागाभाग भएको थियो । लेकबाट एक्कासी पहिरो आएको र त्यसक्षेत्रका स्थानीय भागाभाग भएको बताइएको छ । । बाढीले निर्माणधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनामा क्षति गरेको… पुरा पढौ

छिमेकीको भैँसीले हान्दा वृद्धको मृत्यु

छिमेकीको भैँसीले हानेर एक् जना बृद्धको मृत्यु भएको छ । बागलुङको भकुण्डेमा छिमेकीको भैँसीले हानेर बागलुङ नगरपालिका वडा नं। १० भकुण्डेका ८० वर्षीय छविलाल सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । भैँसी फुत्केर आएर हानेको थियो । मंगलवार दिउसो मृतक सार्कीका छिमेकी प्रेम बहादुरको गोठमा बाँधेको भैँसी अचानक फुस्केर आएपछि ८० वर्षीय सार्कीलाई हानेको थियो । भैँसीले हानेर बेहोस भएका सार्कीको उपचारका लागि ल्याउँदै गर्दा मत्यु भएको थियो । पुरा पढौ

विद्या मन्दिरमा आर्थिक चलखेल, संयोजक राखेर नियमविपरीत भक्ता

विद्या मन्दिर माविमा २०६१ सालदेखि नै उच्च मावि तर्फको संयोजक राखेर भत्ता र अतिरिक्त तलब खाने गलत चलन शुरु भएको थियो । तत्कालिन प्रअ ऋद्धिराज अधिकारीको पालादेखि उमाविको संयोजक तोकिएको थियो । सोही समयदेखि विद्यामन्दिरमा १० जोड २ को कक्षाहरु संचालनमा आउन थालेका हुन् । संयोजकलाई तत्कालिन समयमा मावि द्वितीय श्रेणीसरह तलब दिने गरिएको थियो । यो तलब सरकारी कर्मचारीतर्फ उपसचिव सरह थियो । यो तलब ४ पिरियड बराबरको पारिश्रमिकको… पुरा पढौ

अभिभावकीय भूमिका निर्वाह गर्छु : श्रीमाया थकाली

नेकपा मुस्ताङको पहिलो राजनीतिक शक्ति हो । आइतबारको नेकपा सचिवालय बैठकले श्रीमाया थकालीलाई मुस्ताङ इन्चार्जको जिम्मेवारी दियो । यहाँ सहइन्चार्ज छानिएको छैन । साबिक एमालेबाट इन्चार्ज थकाली बनेकी हुन् । कुनै जिल्लामा १० जनासम्म सहइन्चार्ज छन् तर यहाँ सहइन्चार्जको जिम्मेवारी कसैलाई दिइएको छैन । इन्चार्ज थकाली आफूले भावनात्मक एकता कायम गर्ने गरी काम गर्ने बताउँछिन् । उनले भनिन्, ‘सबैलाई समेटेर अभिभावकीय भूमिका निर्वाह गर्छु । मुस्ताङको विकास र समृद्धिका लागि… पुरा पढौ

बन्दिपुरमा जेसीज कार्यकारिणी उपाध्यक्षको प्रथम भेला

युवा जागरण र नेतृत्वमा निखार ल्याउने उदेश्यले जेसीज वर्ष २०१९ मा एरिया बी कार्यकारिणी उपाध्यक्ष भेला तनहुँको बन्दिपुरमा भएको छ । बिहीबार सुरु भएको भेला शनिबार सकिएको हो । १८ देखि ४० बर्ष उमेर समूहका युवाको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था हो जेसीज । कार्यक्रममा बन्दीपुरकै घाँसी युवा क्लबले सास्कृतिक नृत्यबाट स्वागत गरेको थियो । नेपाल जेसीज वर्ष २०१९, एरिया बीका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेशचन्द भुषालको प्रमुख आतिथ्यता… पुरा पढौ

खुट्टाले लेखेर भविष्य खोज्दै खाम्चा

 बोल्न नसक्ने, दुबै हात चलाउन नमिल्ने तर सुन्न र देख्न राम्रो सँगसक्ने याम खाम्चा खुट्टाले लेखेर ठूलो मान्छे बन्ने सपना बोकेका छन् । पाल्पाको रामपुर नगरपालिका– १ स्थित बार्दाकोट बस्ने २१ वर्षीय खाम्चा खुट्टाले लेखेर अहिले कक्षा १० मा अध्यायनरत छन् । उनको पढ्ने क्षमता अरु विद्यार्थी भन्दा कम छैन । गर्भावस्थामा जण्डिस (कमलपित्त) रोगले ग्रसित खाम्चा औषधि उपचारको अभावमा सधैँभरी अर्काको साहारामा बाँच्नु परेको छ ।बालहित मावि आनन्दीभन्ज्याङमा पढ्ने… पुरा पढौ

भाले, अण्डा र घ्यू बोकेर सुत्केरीको घरमा गाउँपालिका अध्यक्ष

यहाँको एक गाउँपालिकाले आर्थिक वर्ष शुरु भएको एक साता पनि नबित्दै गाउँसभामा नीति तथा कार्यक्रम पारित गरिएको निर्णय कार्यान्वयन शुरु गरेको छ । पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ आर्थिक वर्षको शुरुआतबाटै सुत्केरी भएका महिलाका घर–घरमा पुगेर कोशेली वितरण शुरु गरेको हो । गाउँपालिका अध्यक्ष राजु पौडेलले शुक्रबार पहिलोपटक महाशिला–५ लुङ्खु आहाले निवासी सुत्केरी गुडिया सुनारसँग भेटघाट गरे । अध्यक्ष पौडेल, उपाध्यक्ष हीरादेवी राना, स्वास्थ्यकर्मी र… पुरा पढौ

विपी स्मृति दिवस र इन्जिनियर दिवसमा सिडेनको रक्तदान

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकीको आयोजनामा भएको रक्तदानमा ९४ युनिट रगत संकलन भएको छ । ३७ औं विपी स्मृति दिवस र ५७ औं इन्जिनियर दिवस २०७६ को अवसरमा शुक्रबार गरिएको हो । नेपाली कांग्रेस तनहुँ सभापति एवं व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानले पहिलो रक्तदाता सुरेन्द्र पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरे । न्यौपानले विपीको योगदानको स्मरण गर्दै कांग्रेस विपीको बाटोमा हिड्नुपर्ने बताए । जिल्ला उपसभापति जितप्रकाश… पुरा पढौ

एक्साभेटरको ठक्करले मुख्य ब्लास्टरको मृत्यु

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ३ को समरको भीरमा स्क्साभेटरले ठक्कर दिँदा मुख्य ब्लास्टरको मृत्यु भएको छ। बिहीबार साँझ अचानक एक्साभेटरले ठक्कर दिदाँ ४८ वर्षीय दलबहादुर अधिकारीको मृत्यु भएको हो। नुवाकोटको टुन्चे गाउँपालिका ९ का दलबहादुरलाई कन्टेक कान्छाराम कोशी एण्ड न्यौपाने जेभीले प्रयोग गरेको एक्साभेटेरले ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते अधिकारीको जोमसोम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। स्काभेटरका चालक प्युठान जिल्ला झिमरुक गाउँपालिका २ सल्लेरीका २१ वर्षीय विष्णु पुनलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं