ताजा समाचार

श्रावण २१ गते २०७६

दोर्दी बाढी पीडितलाई राहतको पहल

साउन ८ गते लमजुङको दोर्दी खोलामा आएको बाढीबाट पीडित भएकालाई राहत दिन पहल थालिएको छ । बाढीले पुर्याएको भौतिक र मानवीय क्षतिको सम्बन्धमा मंगलबार उर्जा तथा जलश्रोत मन्त्री वर्षामान पुन ूअनन्तू, नेकपा मुख्य सचेतक देवप्रसाद गुरुङसहित उर्जा तथा जलश्रोत मन्त्रालयका सचिव, सहसचिव, जलउत्पन्न प्रकोप महाशाखाका प्रतिनिधि, इसिमोडका प्रतिनिधि, दोर्दी कोरिडोरमा सञ्चालित हाईड्रोपावरका प्रतिनिधि सम्मिलित बैठकक बसेको छ ।

बाढीले पुर्याएको भौतिक र मानवीय क्षतिको सम्बन्धमा मंगलबार उर्जा तथा जलश्रोत मन्त्री वर्षामान पुन ूअनन्तू, नेकपा मुख्य सचेतक देवप्रसाद गुरुङसहित उर्जा तथा जलश्रोत मन्त्रालयका सचिव, सहसचिव, जलउत्पन्न प्रकोप महाशाखाका प्रतिनिधि, इसिमोडका प्रतिनिधि, दोर्दी कोरिडोरमा सञ्चालित हाईड्रोपावरका प्रतिनिधि सम्मिलित बैठकक बसेको छ ।

बैठकले क्षतिको बारेमा अध्ययन गर्दै घाइतेलाई राज्यवाट उचित उपचारको प्रबन्ध र पीडितलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने निर्णय गरेको छ । उर्जा तथा जलश्रोत मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक विज्ञ टोलि निर्माण गरी त्यहा वाढी पहिरो आउनुको कारण, त्यहाको भुबनोट र वातावरणणिय अध्ययन गर्दै क्षतिको बारेमा विस्तृत रिपोर्ट तयार गरिने भएको छ ।