फेवातालमा एक अधवैशे पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय अधवैशेको शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।
मृतकको कुनै पहिचान खुल्न नसकेको उनले जानकारी दिए । मृतकको पहिचान खुल्न नसके पनि नेपाली मुलको नै रहेको उनले सुनाए ।
‘मृतकको सबै पहिचान त खुल्न सकेको छैन,’ उनले भने, ‘तर, नेपाली मुलको नै हुनुहुन्छ । अनुसन्धान भईरहेको छ ।’
‘मृतकको सबै पहिचान त खुल्न सकेको छैन,’ उनले भने, ‘तर, नेपाली मुलको नै हुनुहुन्छ । अनुसन्धान भईरहेको छ ।’
लेकसाइडको खहरे क्षेत्रमा शव फेला परेको उनले जानकारी दिए ।