दोर्दीको वितण्डा, ४ को मृत्यु ७ बेपत्ता

लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो आएको बाढीबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । बाढीमा परी ७ जना बेपत्ता छन् ।

दुई शव दोर्दी गाउँपालिका ४ नौथर शेरा नजिकै भेटिएका छन् । दिउँसो एक्कासी बाढी आउँदा स्थानीय तथा निर्माणधिन जलविद्युत आयोजनामा कार्यरत कामदारको भागाभाग भएको थियो ।

लेकबाट एक्कासी पहिरो आएको र त्यसक्षेत्रका स्थानीय भागाभाग भएको बताइएको छ । । बाढीले निर्माणधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनामा क्षति गरेको छ ।