ताजा समाचार

श्रावण १४ गते २०७६

खानेपानी डिभिजन स्याङ्जाका इन्जिनियरलाई भ्रष्टाचार मुद्दा

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत इन्जिनियर अख्तर मोहम्मदविरुद्ध अख्तियारले मंगलबार मुद्दा दायर गरेको छ ।

खानेपानी आयोजनाको भुक्तानी दिएकोमा विभिन्न बहाना बनाई सेवाग्राहीसँग कमिशन वापत माग गरिरहेका उनलाई अख्तियार पोखराबाट खटिई गएको टोलीले नगद ४ लाख घुससहित नियन्त्रणमा लिएको थियो । खानेपानी आयोजनाको कामका लागि सेवाग्राहीसँग निकासा भएको रकमबाट १८ देखि २० प्रतिशत रकम कमिशन बापत माग गरेको पुष्टि भएको अख्तियारले जनाएको छ

मोहम्मदलाई बिगो ४ लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९घ० बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।