बन्दिपुरमा जेसीज कार्यकारिणी उपाध्यक्षको प्रथम भेला

युवा जागरण र नेतृत्वमा निखार ल्याउने उदेश्यले जेसीज वर्ष २०१९ मा एरिया बी कार्यकारिणी उपाध्यक्ष भेला तनहुँको बन्दिपुरमा भएको छ । बिहीबार सुरु भएको भेला शनिबार सकिएको हो ।
१८ देखि ४० बर्ष उमेर समूहका युवाको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था हो जेसीज । कार्यक्रममा बन्दीपुरकै घाँसी युवा क्लबले सास्कृतिक नृत्यबाट स्वागत गरेको थियो ।

नेपाल जेसीज वर्ष २०१९, एरिया बीका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेशचन्द भुषालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा एरिया बिका निरुपित राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटा र राष्ट्रिय उपाध्यक्ष कमल भण्डारी, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अमनेश्वर खनाल, जेसी रमेश अधिकारी, पूर्व राष्ट्रिय उपाध्यक्ष सुदीपराज भण्डारी, सपना भण्डारी, नवराज पौडेल, वर्षा पगेन लगायतले बोलेका थिए ।

नेतृत्व विकासबारे रमेशचन्द्र भुषाल, सुदीपराज भण्डारी र गोकुल सापकोटाले सहजीकरण गरेका थिए । पोखरा लेडी जेसीजका कार्यकारिणी उपाध्यक्ष शोभा भुजेलको अध्यक्षतामा भएको कार्यक्रम बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष प्रकाश आचार्यले सञ्चालन गरेका थिए ।

जेसीज इतिहासमा पहिलो पटक आयोजित यस कार्यकारिणी उपाध्यक्ष भेलामा एरिया बीका सबै कार्यकारिणी उपाध्यक्षको सहभागिता थियो ।