हिमालपारीको जिल्ला मुस्ताङको विकटक्षेत्र माथिल्लो मुस्ताङका गाउँ–गाउँमा मोटर बाटो पू¥याईएको छ । यसअघि सडक सञ्जालले नछोएको ध्ये र ताङग्येमा शुक्रबार सडक पू¥याईएपछि उपल्लो मुस्ताङ सडकमैत्री भएको हो ।
ध्ये – ताङ्ग्ये तथा छोसेर र– समजुङमा पहिलो पटक सडक पुगेपछि स्थानीय खुसी भएका छन् । समजुङका स्थानीय छिरिङ गुरुङले सडक बिस्तारले गाउलेलाई दैनिक आउजाउ र खाद्यान्न ओसार पोसार गर्न सजिलो हुने बताए । संघीय सरकारको पहलमा भएको सडक बिकासले जनताको जिवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उनको भनाई थियो ।
गण्डकी प्रदेशको चालु आ.व.को बिनियोजित बजेट ५० लाखले ध्ये – ताङ्ग्ये र प्रदेशकै अर्को बजेट ५० लाख र स्थानीयतहको २० लाख गरी कुल ७० लाख लागतमा छोसेर – समजुङ सडक ट््याक खुलाईएको सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए । यस्तै , सडक सञ्जाल पू¥याईएको ध्ये – ताङ्ग्ये सडक थप स्तरबृद्धि गर्न गण्डकी प्रदेशले आ.व. २०७६ ÷२०७७ का लागि ६५ लाख बजेट बिनियोजन गरेको छ । छोसेर – समजुङ ग्रामिण सडक बिस्तारका लागि स्थानीयतह र प्रदेशले संयूक्त साझेदारी गरेका हुन् ।

सडक बिस्तारपछि सांसद बिष्टले उपल्लो मुस्ताङका दुरदराजका स्थानमा सडक पू¥याउन सरकार सफल भएको बताए । ‘निर्वाचनका बेला जनता सामु गरेका बाचा बिस्तारै पूरा हुदै छन् । सडक , बिद्युत र संञ्चार उपल्लो मुस्ताङको मुख्य समस्या थियो ,’ सांसद बिष्टले भने ,‘ सञ्चारको पहुँच पनि पु¥याऔं । केही वर्षभित्रै बिद्युत पनि पूग्छ ।’ तत्काल बिद्युतीय पहुँच नपुगेका गाउमा प्रदेश सरकारले सौर्य उर्जा सोलार बितरण गर्ने कार्यक्रम रहेको उनले जनाए ।
सडक संञ्जाल पू¥याउन गण्डकी प्रदेशको म्याग्दी पूर्वाधार बिकास कार्यालयले स्थानीय उपभोक्ता समितिलाई सडक निर्माणको जिम्मा दिएको कार्यालय प्रमुख ओमराज ढुङ्गानाले बताए । उनले भने ,‘काम सबै सकिएको छ । कामको फिल्ड अनुगमनपछि भुक्तानी हुन्छ ।’ उनले सडक बिस्तारपछि प्रसिद्ध तिर्थ स्थल दामोदरकुण्डको दुरी समेत छोटिएको बताए ।
२०७२ सालपछिको भारतिय नाकाबन्दीपछि सरकारले मुस्ताङको उत्तरी कोरलानाका सम्म सडक बिस्तारको योजना अघि बढाएको हो । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत करिडोर सडकको उत्तरी कोरला सम्म सडक स्तरबृद्धिकार्यले उपल्लो मुस्ताङबासीको भाग्य रेखा फेरिने निश्चित भएको हो । सरकारले बेनी देखि जोमसोम हुँदै कोरला सम्म धमाधम सडक स्तरबृद्धि गरिरहेको छ ।




