ताजा समाचार

असार २२ गते २०७६

मुस्ताङी खुर्पानी पर्यटकको रोजाई

मुस्ताङको जोमसोममा खुर्पानी बेच्नेको चटारो चलेको छ । चिसो हावापानीमा फलाईने हिउदे पतझड फल खुर्पानी स्वास्थ्यवद्र्धक तथा स्वादिलो भएकाले पर्यटकको रोजाई बनेको हो । मुस्ताङका ठाउँ–ठाउँमा खुर्पानी बिक्री गर्न राखिएको छ ।


मुस्ताङ घरपझोङ ३ स्याङ गाउ बस्ने माईली तामाङ्नीको दैनिकी पनि यतिबेला खुर्पानी बिक्री गर्नमै बितेको छ । उनले ल्याएका खुर्पानी मुस्ताङ आएका पर्यटकले किनेर लान्छन् । बिहानै डोको भरी खुर्पानी बोकेर जोमसोम पू¥याउनु उनको पेशा बनेको छ । उनले दैनिक १ सय ५० किलोसम्म खुर्पानी बिक्री गर्ने गरेको बताउछिन् । त्यसो त माईलीको कामनै जोमसोम बजारमा तरकारी र फलफुल बिक्री गर्नु हो । माईली हिजो आज साग बेच्न छोडेर खुर्पानीको ब्यापारमा छिन् । उनी भन्छिन् ,‘ म सधै सिजन अनुसारको तरकारी र फलफुल बिक्री गर्छु , परिवार धान्न परिश्रम त गर्नुनै प¥यो ।’ खुर्पानी प्रतिकेजी सयमा बिक्री गर्ने गरेको उनले बताईन् ।

तस्विर क्याप्सन ः खुर्पानीको ब्यापारमा ब्यस्त छन् मुस्ताङी


मुस्ताङमा उत्पादन हुने मुख्य फल स्याउपछि दोश्रो खुर्पानी हो । स्याउ र खुर्पानी रोजेसी परिवारको फल हो । शितोष्ण बागवानी बिकास केन्द्र मार्फाका बरिष्ठ बागवानी बिकास अधिकृत बालकृष्ण अधिकारीले खुर्पानी हिउँदे फल भएको बताए । चिसो हावापानीमा फल्ने खुर्पानी स्याउपछिको दोश्रो फल हो। खुर्पानी स्वास्थ्यका लागि एकदमै उपयोगी फल भएको अधिकृत अधिकारीले उल्लेख गरे । खुर्पानीबाट जाम ,सुकुटी र ब्रान्डी समेत तयार हुने उल्लेख गर्दै अधिकारीले खुर्पानीको बियाँ क्यान्सर रोगको उपचार हुने भएकाले यसको माग बढेको जनाए ।


चिसो हावापानी भएको मुस्ताङमा रुखमा फल्ने स्याउ र खुर्पानी लगायत चिली ,आरु ,आरुबोखडा , ओखर र नेपाली बदाम जस्ता फलफुल उत्पादन हुन्छन् । खुर्पानी स्याउ फल्नु २ महिना अघि बोटमा पाक्न सुरु गर्छ । स्याउको सिजन भने असोज महिना हो । खुर्पानीको बोटमा अन्य फलफुल जस्तो रोगकिरा लाग्ने संम्भावना कम भएको अधिकृत अधिकारीले जानकारी दिए । उनका अनुसार बागवानी मात्रै बर्सेनि ८ टन सम्म खुर्पानी फल्ने गरेको तर जिल्लामा खुर्पानीको एकिन उत्पादनको तथ्याङ्क उपलब्ध नभएको बताए । बागवानीमा उत्पादन हुने खुर्पानी प्रतिकेजी ५० रुपैयामा बिक्री गर्ने गरेको तर , प्राय खुर्पानी जाम , सुकुटी र ब्रान्डीमा प्रयोग हुने गरेको अधिकारीले खुलाए ।
जोमसोमकी कल्पना नेपाली पनि खुर्पानीकै ब्यापारमा छिन् । उनको बगैचामा खुर्पानीका ३ वटा बोट छन् , जहा करिव ५ सय केजी खुर्पानी फल्छ । उनले ३ वटा बोटबाट ३० हजार कमाउछिन् । बोटका खुर्पानी सकिए अरुको बोटका खुर्पानी समेत खरितेर पर्यटकलाई बिक्री गर्छिन् । उनले पनि खुर्पानीपछि स्याउको दोश्रो ब्यापार गर्ने बताउछिन् ।


मुस्ताङमा स्याउ फल्ने सिजन असोज हो । तर , स्याउ जस्तै खुर्पानी उत्पादन भने कम हुने गर्छ । स्याउ पाक्नु अगावै जिल्ला बाहिरका ब्यापारी भने स्याउ धनीसंग बैनापट्टा गर्न मुस्ताङ आउछन् । बैनीपट्टा गरेका ब्यापारीले असोजमा स्याउ टेपेर पोखरा – काठमान्र्डा पू¥याउछन् ।


Loading...